गर्मीमा आँखाको हेरचाह

नारी संवाददाता

श्रावण २५, २०७५

-    गर्मीमा बढ्दो प्रदूषण, फोहोरमैलाका कारण आँखा पाक्ने, चिलाउने, पोल्ने तथा रातो हुने समस्या देखापर्न सक्छ ।

-    यस्तो बेला आँखामा जथाभावी औषधि हाल्नुहुँदैन । आँखामा धूलो पर्दा वा चिलाए रुमाल तथा टिस्यु पेपर प्रयोग गर्नुपर्छ ।

-    आँखामा चिप्रा आए हातले छुनुहुँदैन ।

-    बाहिर हिँडडुल गर्दा चश्मा प्रयोग गर्नुपर्छ । आँखा पोल्दा चिसो बरफ तथा आइसले सेक्नुपर्छ ।

-    सफा पानीले आँखा पखाल्नुपर्छ । आँखा पोले धूलो र घामबाट जोगिनुपर्छ ।

-    आँखा पाकेका मानिसले प्रयोग गरेको रुमाल प्रयोग गर्नुहुँदैन ।

-    आँखा सुख्खा भए चिकित्सकले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्नुपर्छ ।

-    घाममा निस्कदा सन ग्लास लगाउनुपर्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्