सञ्चारकर्मीको तीज गीत

नारी संवाददाता

श्रावण २२, २०७५ 

रंग पत्रकारितामा कृयासिल गीता अधिकारीले तीज गीत सार्वजनिक गरेकी छिन् । समाचारमा कलम चलाउँदै आएकी सञ्चारकर्मी गीता अधिकारीले पहिलो पटक गीत लेखनमा कलम चलाएकी छिन् । उनले लेखेको ‘एतै घमाइलो उतै घमाइलो’ बोलको पहिलो तीज गीत यसै साता राजधानीमा सार्वजनिक भएको छ ।

गीताले लेखेको उक्त गीत अभिनेत्री सारिका घिमिरेले गाएकी छिन् । सार्वजनिक गीतमा दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको छ ।

पुराना अभिनेत्रीलाई पहिलो पटक निर्देशक युवाराज वाइवाले उक्त गीतको म्यूजिक भिडियोमा नचाएका छन् । वीरेन्द्र भाट ‘विपिन’को छायांकन तथा सम्पादन रहेको भिडियोमा नेपालको पहिलो अभिनेत्री भुवन चन्द, नेपालको पहिलो रङ्गीन चलचित्रकी अभिनेत्री चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, अभिनेत्री रुपा राना, सारिका घिमिरेलले अभिनय गरेका छन् ।

वल्र्ड कभर मिडिया प्रालिको पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृङ्गार, गीता तामाङको केश सञ्जा रहेको छ ।

अधिकारीको उक्त गीतलाई नेपालकी पहिलो महिला सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो ।

 

गीतको म्यूजिक भिडियो :

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्