कल्पनाको तीज गीत

नारी संवाददाता

श्रावण २१, २०७५

 

सञ्चारकर्मी कल्पना भण्डारी यो वर्ष पनि तीज गीतका साथमा बजारमा आएकी छिन् । ‘अहिलेको तिजैमा’बोलको सार्वजनिक गीतको म्यूजिक भिडियोमा उनले अभिनय समेत गरेकी छिन् । विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको गीत किरण क्रियसनले बजारमा ल्याएको हो ।

रामकुमार केसीको छायांकन  राज महर्जनको कोरीयोग्राफी रहेको उक्त गीतको भिडियोको सम्पादन तथा निर्देशन टेकेन्द्र साह गरेका छन् ।  

भण्डारी झण्डै डेढ दशकदेखी नेपाली टेलिभिजनमा सक्रिय छिन् । च्यानल नेपालमा कार्यक्रम प्रस्तोता हुँदै सगरमाथा टेलिभिजनमा लामो समय समाचार बाचकको रुपमा काम गरेकी भण्डारी हाल नेपाल टेलिभिजनमा संकल्प कार्यक्रमको प्रस्तोता तथा निर्माता छिन् ।

गीतको म्यूजिक भिडियो :

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्