Teej banner

तीसपछिको तयारी

नारी संवाददाता

असार २१, २०७५

 

२० पछि ३० अर्थात् उमेरको त्यो महत्वपूर्ण अवस्था, जसमा मुड स्विङदेखि लिएर हार्मोन असन्तुलनसम्म हुन्छ । कहिले विनाकारण कसैप्रति माया पलाउनु त कहिले विनाकारण स–साना कुरामा पनि आवेशमा आउनु यो उमेरमा देखापर्ने स्वाभाविक प्रतिक्रिया हो । ३० वर्ष पुगेपछि शरीरमा एस्ट्रोजन तथा प्रोजेस्ट्रोनको तालमेलमा गडबडी उत्पन्न हुन्छ । परिणामस्वरूप हार्मोनल असन्तुलन देखा पर्छ । यो मुड स्विङदेखि लिएर डिप्रेसन, एलर्जी, थकान, हेयर लस, अनवान्टेड फेसियल हेयर, बडी विकनेस, आस्टियोपोरोसिस आदि गम्भीर बिरामीको कारण बन्नसक्छ ।

त्यति मात्र होइन ३० वर्षपछि महिलाहरूलाई अनेकौं स्वास्थ्य समस्याले सताउँछन् जसमा समय रहँदै सचेत हुनुपर्छ । यतिबेला देखापर्ने अर्को समस्या हो–अनियमित महिनावारी । सामान्यत: २० देखि ३० दिनको समयमा चार–पाँच दिनअघि पिरियड हुन्छ तर ३० वर्षपछि मासिक चक्रमा अनियमितता देखापर्न थाल्छ अर्थात् एक महिनामा या त दुईपटक पिरियड हुन्छ या कहिलेकाहीँ स्किप हुनसक्छ । यस्तो समस्या ३० वर्षको उमेरपछि नै देखापर्छ । यसबाहेक उमेरको यो अवस्थामा इन्टरमेन्सुरल ब्लिडिङको समेत समस्या सिर्जना हुन्छ, जसमा पिरियड डेटपूर्व नै स्पटिङ देखापर्छ ।

चिकित्सकहरूका अनुसार यस प्रकारको समस्यालाई बेवास्ता गर्नुहुँदैन र तत्काल स्त्रीरोग विशेषज्ञको सल्लाह लिनुपर्छ । सामान्य देखिने यस प्रकारको समस्याले कालान्तरमा क्यान्सरको रूप लिन सक्छ । यो उमेरमा फाइब्राइड (युट्रसमा पाइने मसल्स) युट्रसबाट बाहिर आउँछ, जसले गर्दा संक्रमण, पीडादायक पिरियड्स, पेनफुल इन्टरकोर्स आदि समस्याले जीवनलाई पीडादायक बनाउँछ ।

यस्तो संक्रमणबाट जोगिन र विशेषगरी शारीरिक सम्बन्ध राख्दा अनिवार्य रूपमा कन्ट्रासेप्टिक प्रयोग गर्नुपर्छ । त्यसबाहेक ३० वर्ष पार गरेपछि महिलाहरूमा स्तन क्यान्सर हुने आशंका पनि वृद्धि हुन्छ । यो बिरामी आनुवंशिकबाहेक अन्य कारणले पनि हुन्छ । मेमोग्राफी गराउँदा स्तनमा भैरहेको परिवर्तनका सम्बन्धमा जानकारी प्राप्त हुन्छ र अलिकति पनि नेगेटिभ चेन्ज पाइए सचेत हुन सकिन्छ ।

अहिले कामकाजी महिलाहरू ३० वर्षपछि मात्र गर्भधारण गर्न चाहन्छन् तर यसबाट अनेकौं समस्या उत्पन्न हुनसक्छन् अर्थात् उमेर बढी भए गर्भधारणमा समस्या उत्पन्न हुनसक्छ । बढी उमेरपछि गर्भाशयमा अनेकौं जटिलता देखापर्छन् । त्यसपछि गर्भधारण भए पनि शिशु नजन्मिने समस्या हुनसक्छ । यस्तो स्थितिमा ३० वर्ष पूरा भएका महिलाहरूले समय–समयमा ब्रार्डर स्क्रिनिङ, अल्ट्रासाउन्ड मेमोग्राफी तथा प्याप्सस्मेयर आदि जाँच गराइरहनुपर्छ ।

३० वर्षपछि महिलाहरूको फिटनेससित सम्बन्धित समस्या पनि देखापर्छ । त्यसमा आमसमस्या हो–तौल बढ्नु । ३० देखि ३५ वर्ष पुगेपछि तौल बढ्न थाल्छ । यो समस्या प्राय: अनियमित दिनचर्याका कारणले सिर्जना हुन्छ । तौलको वृद्धिसँगै कम्मर र पेटमा आवश्यकताभन्दा बढी बोसो जम्मा हुन थाल्छ ।

अधिकांश महिला शरीरमा आएको यस्तो परिवर्तनप्रति बेवास्ता गर्छन् । यद्यपि यही परिवर्तनका कारण ह्दयसम्बन्धी अनेकौं रोग लाग्न सक्छन् । यसबाहेक डायबिटिज तथा थाइराइडका कारण पनि तौल बढ्छ । यी सबै समस्याबाट जोगिन महिलाहरूले ३० वर्ष पुग्न थालेपछि आफ्नो हेल्थप्रति सजग हुनुपर्छ जसमा पहिलो काम मोटोपन बढ्न नदिनु नै हो । यो काम त्यतिबेला सम्भव हुन्छ, जब खानपानमा सचेत रहनुका साथै नियमित व्यायाम गर्न थालिन्छ । व्यायामबाट शरीरमा भएको एक्स्ट्रा क्यालोरी कम गर्न सकिन्छ ।

महिलाहरूले आफू ३० वर्षको उमेर नजिक पुगेको वा पार गरेसँगै शरीर बेडौल हुन थालेको अनुभव गर्नुअगावै फिटनेस सेन्टर ज्वाइन गर्नुपर्छ । यदि कुनै कारणवश फिटनेस सेन्टर जान सम्भव नभए घरमै सातामा तीन–चार दिन २०–२५ मिनेटसम्म व्यायाम, योग वा एरोविक्स गर्नुपर्छ ।

-    एजिङ प्रोसेसलाई मन्द बनाउन डाइटमा एन्टी अक्सिडेन्ट्स ‘भिटामिन ‘सी’ र ‘इ’ तथा बीटा केरोटिन) को मात्रा बढाउनुपर्छ । एन्टी अक्सिडेन्ट्सको सेवन एजिङबाहेक क्यान्सर, ह्दय रोग, स्ट्रेक्स तथा केटरेक्टबाट जोगाउन पनि सहयोगी हुन्छ । यसको मुख्य स्रोत हो–गाजर, पालुंगो, टमाटर, भेजिटेबल आयल, ड्राइफुड, सुन्तला, मटर, ब्रोकाउली आदि ।

-    कोफिन र चिया, कफी, रक्सी, नसा वा सोडियम (नुनका रूपमा) को अत्यधिक सेवन स्वास्थ्यका लागि घातक हुन्छ । यो छातीको रोग, कार्डियोवेस्कलर रोग, हार्टवर्न, क्यान्सर, बर्थ डिफेक्ट्स आदिको कारण बन्नसक्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्