मिष्टर एण्ड मिस एसइइ

नारी संवाददाता

असार १५, २०७५  

राजधानीमा सम्पन्न मिष्टर एण्ड मिस एसईइ ग्लोबल २०१८ को ताज साहिल अम्गाइ तथा राजनी निरौलाले उचालेका छन् । उनीहरुले भ्युअर च्वाइस अवार्ड सहित शिर्ष उपाधि उचालेका हुन् ।

यसैगरी फिजिक विधाको अवार्ड सहित सुशान्त जंग पाण्डे र पर्सनालिटी विधाको अवार्ड सहित दिया चटौत फस्ट रनर अप तथा भेटरान विधाको अवार्ड सहित वरुण सिंह र ब्युटिफुल बडीको अवार्ड सहित सुष्मिता याख्खा राई सेकेन्ड रनर अप चयन भएका छन् ।

प्लान बी इन्कको आयोजनामा संचालन भएको उक्त प्रतिस्पर्धाको मुख्य विधागत उपाधितर्फ टसी लामा, मुना लामा ट्यालेन्ट, निश्चल अधिकारी र स्मारिका श्रेष्ठ फोटोजेनिक, जयन्द्र खाँड र प्रिन्सिका लिम्बु  वेष्ट वाक तथा कृष्ण श्रेष्ठ र निशा क्षेत्री पपुलर विधामा उत्कृष्ट ठहरिएका छन् ।  

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्