मनमौजी दीपाश्री निरौला

  • निर्देशक तथा कलाकार

नारी संवाददाता

असार ६, २०७५

दीपाश्रीको स्वभाव नै मनमौजी छ । उनले मनले चाहेर पनि व्यवहारमा भने कहिल्यै डाइटिङ गरिनन् । चलचित्रमा आउँदा धेरैले खानामा कन्ट्रोल गर्नुपर्छ, दुब्लाउनुपर्छ भन्ने सुझाव दिए पनि उनले मनले चाहेको खाना बर्जित गरिनन् । २१ वर्षअघि शाकाहारी भएकी दीपाश्रीलाई आफ्नो फिगरप्रति कुनै गुनासो छैन ।

विद्या बालन, तथा हेमा मालिनीबाट प्रभावित दीपा त्यस्तै ड्यासिङ पर्सनालिटीमा देखिन चाहन्थिन् । त्यसैले पनि उनी खानामा मनमौजी भएकी हुँ । शाकाहारी भएर होला दीपालाई पनिर, मसरुम तथा गुन्द्रुकका सबैजसो परिकार मीठा लाग्छन् । गुन्द्रुकको परिकार पाकेको दिन उनी अरू बेलाभन्दा बढी नै खान्छिन् ।

अहिले उनी दिनको एकपटक मात्र भात खान्छिन् । भातसँग दाल, अचार, तरकारी, साग सबैटक्क चाहिन्छ । बेलुका भने रोटी र सलाद खान्छिन् । घरमा छँदा दीपालाई भाइ, बुहारी एवं साथीहरूसँग बसेर रमाइलो गर्न मन लाग्छ ।

त्यस्तो समयमा उनी बन्दा, गाजर, बिरेनुन र कागती हालिएको सुप मात्र पिएर सुत्छिन् । उनी आफूले डाइट व्यवस्थापन गर्न नसकेकै कारण मोटाएको बताउँछिन् । सुटिङ हुँदा दिनभरि भोकै बस्ने र राति सकुन्जेल खानु नै उनको मोटोपनको रहस्य हो । स्लिमभन्दा हेल्दी हुन मन लाग्छ दीपा हाँस्दै भन्छिन्–‘मैले हिरोइनजस्तो स्लिम देखिन जरुरी छैन, निर्देशकका रूपमा सबै जना डराउने हुनुपर्‍यो ।’

दीपाश्रीको रुटिन

बिहान : ग्रिन टी र स्याउ

(व्यस्त हुँदा ब्रेकफास्ट)

मुस्ली, ओट्स, सातु

(फुर्सदमा)

ब्राउन राइस, साग, दाल, पनिर, मसरुम वा गुन्द्रुकको तरकारी ।

दिउँसो : मटर पनिर, पालक पनिर वा पनिर कोफ्तासँग चिउरा, भेज म:म (ठाउँ र समयअनुसार ।)

राति : रोटी र सलाद

परिकार : ब्रिक्स क्याफे

१. मसरुम छ्वेला

२.पनिर सास्ली

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्