Teej banner

पुष्प मेला

नारी संवाददाता

असार ६, २०७५  

वैशाखको पहिलो साता २१ औं पुष्प मेला संचालन भएको थियो । स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ कृषि विकास मन्त्रालय एवं पुष्प विकास केन्द्रको सहकार्यमा फ्लोरिकल्चर एसोसिएसन नेपालले भृकुटीमण्डपमा उक्त पुष्प मेला आयोजना गरेको हो । मेलामा विभिन्न पुष्प व्यवसायीबीच प्रतिस्पर्धा गराई पुरस्कृत समेत गरिएको थियो ।

मेलामा उत्कृष्ट मौसमी फूल, बिरुवा, पुष्प सजावट, कटफ्लावरलगायत फूलको गानो, बीउ बिजन, हरित गृह, कृषि औजारजस्ता सामग्री समावेश गरिएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्