मिस नेपाल यूएसकी प्रशिक्षक

नारी संवाददाता

असार ६, २०७५

नेपालमा आफू अभिनीत चलचित्र त्यति नचलेर फुर्सदमा रहेकी सन् २०११ की मिस नेपाल तथा अभिनेत्री मलिना जोशी अमेरिकाको टेक्सास राज्यमा हुने छैटौं मिस नेपाल यूएस–२०१८ कि आधिकारिक प्रशिक्षक नियुक्त भएकी छिन् ।

टेक्सासको ड्यालसमा आगामी अगस्ट १९ तारिख आइतबार भएको उक्त कार्यक्रमका लागि मलिनालाई छनौट गरिएको जानकारी आयोजकहरूले नै सार्वजनिक गरेका हुन् ।

सन् २०१४ मा पनि मिस नेपाल यूएस को आधिकारिक प्रशिक्षक भैसकेकी मलिना एसियन पेन्ट्सकी ब्रान्ड इन्डोरसर, डिस होमकी ब्रान्ड सद्भाव दूत, मिस भुटान यूएसएकी आधिकारिक कोरियोग्राफर, मिस नेपाल क्यालिफोर्नियाकी आधिकारिक कोरियोग्राफर तथा विश्व वन्यजन्तु कोष नेपालकी पूर्व युवा संरक्षण रहिसकेकी छिन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्