Teej banner

फेसन नोभामा क्रिएसनका पहिरन

नारी संवाददाता

असार १, २०७५

द क्रिएसन इन्स्टिच्युट अफ फेसन डिजाइनले होटल अन्नपूर्णमा ‘फेसन नोभा २०१८ : सिजन–७’ शीर्षकको फेसन शो आयोजना गरेको छ । फेसन डिजाइनिङको प्रवद्र्धन तथा व्यवसायिक विकासका लागि द क्रिएसनले यो फेसन शो आयोजित गरेको संस्थाकी अध्यक्ष मनिता थापाले बताएकी छिन् ।

फेसन शोमा डिजाइनरहरू निश सिंह, मेनुका भट्टराई, जीवा श्रेष्ठ, संगीता पण्डित, ज्योति अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जुमना नेपाली, निर्मादा स्याङतान तथा सजिना विष्टले तयार पारेका पहिरनहरू प्रदर्शन गरिएको थियो । डिजाइनरहरूले फेसन शोका लागि सातवटा थिममा विशेष डिजाइन तयार पारेका थिए जसअन्तर्गत ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आटिस्र्टिक, ब्राइडल तथा ककटेल सिक्वेन्स थिए ।

राइस म्युजिकका बिनोद सिंहद्वारा व्यवस्थापन गरिएको उक्त फेसन शोमा मोडल तथा अभिनेत्री रेनुका सिंह ठकुरी, अभिनेता पृथ्वीराज प्रसाईं, मोडल दीपक घिमिरे, अभिनेत्री रक्षा श्रेष्ठ, मोडल निलम चन्द तथा बाल कलाकार कुशाग्र भट्टराईले शो स्टपर्सका रूपमा क्याटवाक गरेका थिए । उनीहरूलाई डेढ दर्जन व्यवसायिक मोडलले साथ दिए । फेसन शोमा पहिलो मिस नेपाल रुवी राणा शाह विशेष रूपमा प्रस्तुत भएकी थिइन् भने यो शो मोडल तथा कोरियोग्राफर विपना थापाको कोरियोग्राफीमा सम्पन्न भएको थियो । उक्त अवसरमा अभिनेता एवं जादुगर महादेव त्रिपाठी, गायिका सिर्जना गुरुङ, गायक ध्रुव विश्काले गीत–संगीत प्रस्तुत गर्नुका साथै कलाकार अभिषेश श्रेष्ठले आकर्षक नृत्य देखाएका थिए ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्