सुत्केरीको उद्धारका लागि यातायात खर्च दोब्बर

नारी संवाददाता

जेष्ठ १६, २०७५  

सरकारले आर्थिक वर्ष २०७५/७६ मा महिला तथा बालबालिकातर्फ एक अर्ब ८८ करोड २२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

संघीय सरकारको पहिलो पूर्ण बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उक्त  कुरा बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले दुर्गम क्षेत्रमा आपतकालीन सुत्केरीको उद्धारका लागि एयर एम्बुलेन्स उपलव्ध गराउने बताए ।

यस्तै सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्चलाई दोब्बर  गरिने भएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘गर्भावस्थादेखि नै प्रसूति सेवा र यातायात खर्च दोब्बर गरिएको छ ।’

यसअघि सुत्केरीले यातायात खर्च बापत एक हजार रुपैयाँ पाउँदै आएका थिए ।

यस्तै सरकारले बालविवाह, कुरीति लगायत महिला हिंसा रोक्न सचेतना अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्