बडी सेप टोन गरी सेपअप बडी

मेची बादे श्रेष्ठ

जेष्ठ ११, २०७५

भेला सेप मेसिन के हो ?

यो कोरियन इक्विपमेन्ट ब्रान्ड हो । यसले क्याबिटेसन गर्छ, बोसो फुटाइ दिन्छ । यसको ७.७ एमजी भित्र गएर बोसो फुटाउनु हो ।

धेरैजसो स्लिमिङ सेन्टरमा गएर दुब्लाएकाहरू फेरि मोटाउने गुनासो प्रशस्तै सुनिन्छ, यहाँ केही

फरक छ कि ?

ओभरवेटलाई नर्मल वेटमा ल्याउने हो । त्यसपछि हामी फुड हेबिट तथा डाइट प्लानको क्लास लिन्छौं । यदि फुड ह्याबिट नै चेन्ज भयो भने पुन: मोटाउने सम्भव हुँदैन ।

यो थेरापीमा भोकै बस्नुपर्छ कि पर्दैन ?

यसमा भोकै बस्नु पर्दैन । हाम्रो डाइट चार्ट छ जसमा एक छाक ब्राउन राइस खान पाइन्छ ।

थेरापी कसरी गरिन्छ ?

बडी मास्क इन्डेक्स चेक गरेर उमेर, उचाइ, बढी फ्याट, वाटर लेबल, किड्नी बाहिरको फ्याट, प्रोटिन फ्याटको रेसियो, स्केलर फ्याट, हिप तथा वेस्टको रेसियो कति छ सबै चेक गरेपछि मात्र कुन पार्टमा कति घटाउनुपर्ने हो, हिसाब गरी सेवा उपलब्ध गराइन्छ ।

यो थेरापी कति समयको हुन्छ ?

१ महिना र १५ दिनको कोर्सको व्यवस्था छ । ४ दिनको एकपटक गर्दा महिना दिन र दैनिक गर्दा १५ दिनमै सकिन्छ जसमा तीन घन्टा र डेढ घन्टाको ट्रिटमेन्ट हुन्छ । यसबाट ५ देखि ६ केजीसम्म तौल घट्छ । प्रत्येक मेसिनमा १ देखि २ केजीसम्म घट्नेहरू पनि छन् तर यसलाई मेन्टेन गर्नेकुरा आफ्नै हातमा हुन्छ ।

वेट घटेर बडी लुज हुन समस्या कत्तिको आउँछ ?

वेट मात्र होइन बडी सेप, बडी लुज भएको टोन गर्ने, कुनलाई फोकस गर्ने, थाइ, वेस्ट कहाँ लुज छ, टोन गरी सेपअप बडी बनाइन्छ । यो थेरापी मेसिनले अप्रेसन गर्ने होइन पिसाब र दिसाबाट शरीरको अतिरिक्त बोसो बाहिर पठाउने हो ।

                                           ब्युटिफिकेशन स्पा सेन्टर, बालुवाटार

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्