Teej banner

सौन्दर्य टिप्स

सुशीला टी तामाङ ब्युटिसियन

जेष्ठ २, २०७५

-    यतिबेला हावा धेरै चल्ने भएकाले छाला सुख्खा हुन्छ । त्यसैले आफ्नो अनुहारको प्रकृतिअनुरूप मोइस्चराइजर लगाउनुपर्छ ।

-    अहिले बजारमा विभिन्न कम्पनी तथा फ्रुट्सका मोइस्चराइजर उपलब्ध हुन्छन् जसमध्ये आफ्नो छालासँग मेल खाने मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।

-    तैलीय छाला छ भने बिहान फेसवासले अनुहार धोएपछि लेमनयुक्त मोइस्चराइजर लगाउनुपर्छ । त्यसपछि अन्य क्रिम लगाउन सकिन्छ ।

-    सुख्खा छाला हुनेहरूले मोइस्चर बढी भएको फेसवास प्रयोग गर्नुपर्छ ।

- बेलुकी सुत्ने बेलामा क्लिन्जिङ मिल्कले अनुहार सफा गरेपछि नाइट क्रिम लगाउनुपर्छ । ३० वर्षभन्दा बढी उमेरकाहरूले एन्टी रिंकलयुक्त नाइट क्रिम लगाउनु उपयुक्त हुन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्