नायिका शुभेच्छा

नारी संवाददाता

वैशाख १२, २०७५

मिस नेपालमा भाग लिँदासम्म शुभेच्छालाई मोडलिङ तथा चलचित्रमा आउने रहर थिएन । टिभी शो, एमसी, विज्ञापन तथा केही म्युजिक भिडियोमा अभिनय गरेकी शुभेच्छा खड्का अब भने नायिकाका रूपमा डेब्यु गर्दैछिन् । उनले अभिनय गरिरहेको चलचित्र ‘रणवीर’ शिक्षित युवाहरूको संघर्षमा आधारित छ ।

धेरै वर्षदेखि चलचित्रमा काम गर्ने रहर नभएको भनेर पन्छँदै आएकी शुभेच्छा रणवीरको स्क्रिप्ट पढेपछि नाइँ  भन्न नसकेको कुरा बताउँछिन् । विभिन्न ब्रान्डको एम्बेसडरका रूपमा कार्यरत शुभेच्छा रणवीरको प्रतिक्रिया हेरेपछि मात्र अन्य चलचित्रमा काम गर्ने–नगर्ने कुरा निर्धारण हुने जानकारी दिन्छिन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्