छालाको स्याहार

नारी संवाददाता

फाल्गुन ९, २०७४

-    मौसम परिवर्तनका कारण हावा धेरै चल्ने भएकाले छाला सुख्खा हुनुका साथै फुट्ने समस्यासमेत सिर्जना हुन्छ ।

-    छाला सफा राख्नुपर्छ । नियमित रुपमा नुहाउनुपर्छ ।

-    छाला सुख्खा हुन तथा फुट्न नदिन समय–समयमा मोस्चराइजर युक्त क्रिम लगाउनुपर्छ ।

-    राति सुत्नुअघि क्लिनजिङ क्रिमले अनुहार सफा गरेर आफ्नो स्किनअनुसार नाइट क्रिम प्रयोग गर्नुपर्छ ।

-    हरेक पटक अनुहार धोएपछि मोस्चराइजरयुक्त क्रिम लगाउँदा छाला नरम रहन्छ । घाममा निस्कनुभन्दा आधा घण्टाअघि सन स्किन क्रिम लगाउनुपर्छ ।

-    सुख्खा स्किन भएकाहरूले चिल्लो तथा चिल्लो स्किन भएकाहरूले सामान्य किसिमको क्रिम प्रयोग गर्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्