आजीवन कुमारी

शब्द/तस्बिर : श्रुति श्रेष्ठ

माघ ११, २०७४

वि.सं. २००९ सालमा ललितपुरमा जन्मिएकी धनकुमारी बज्राचार्य आजीवन कुमारीका रूपमा चिनिन्छन् । २०११ सालमा ललितपुरको मूल कुमारी चुनिएकी धनकुमारी ३२ वर्षसम्म मूल कुमारीका रूपमा रहिन् । मूल कुमारीबाट हट्नुपर्ने कुनै विधिगत समस्या नभए पनि उनले तत्कालीन राजकीय आदेशबाट मूल कुमारीको पदबाट हट्नुपर्‍यो । विधिगत एवं परम्परागत समस्या नभएकाले मूल पदबाट हटे पनि उनी अहिले पनि कुमारीका रूपमा पुजिन्छिन् ।

धनकुमारी बिहान ६ बजेतिर उठी नुहाइ–धुवाइ गर्छिन् अनि पूजाका लागि तयार हुन्छिन् । पूजा गर्नुअघि उनको शृंगार देवीका रूपमा हुन्छ । नियमित ९ बजे कुमारी पूजा हुन्छ । त्यसपछि उनी भक्तजनलाई दर्शन दिन्छिन् । त्यसपछि चिया पिउनु, घाम ताप्नु, खाना खानु, पत्रपत्रिका पढ्नु, टेलिभिजन हेर्नु, बत्ती कात्नु, छतको बगैंचामा काम गर्नु उनको दैनिकी हो ।

 मूल कुमारी विशेष अवसरमा कुमारी घरबाट बाहिर निस्कने परम्परा भए पनि धनकुमारी बज्राचार्यले कहिल्यै घरबाहिर निस्कनु पर्दैन । भाइसँग ललितपुरको गावाहलमा बसोबास गर्ने धनकुमारीलाई मूल कुमारीसरह नै सम्मान दिई पूजाआजा गरिन्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्