जीवनशैली : डाँडागाउँ नगरकोटको

श्रुति श्रेष्ठ

पुस २८, २०७४

काठमाडौं उपत्यकाबाट ३२ किलोमिटर पूर्व पर्ने डाँडागाउँ चर्चित गन्तव्यस्थल नगरकोटमा पर्छ । काभ्रे जिल्लामा अवस्थित डाँडागाउँ नगरपालिकामा परे पनि त्यहाँ बाटोघाटो, शिक्षा, स्वास्थ्यजस्ता विकासका पूर्वाधार पुगेका छैनन् । राजधानी नजिकको यो गाउँ दुर्गम ग्रामीण बस्तीजस्तै छ ।

करिब १ सय ४७ घरधुरी रहेको यो गाउँमा तामाङ समुदायको बाहुल्य छ । करिब ६ सय जना महिला बस्ने यो गाउँको मुख्य पेसा खेती तथा पशुपालन हो । यो गाउँका सबैजसो महिला साक्षर छन् । अधिकांश महिलाको दैनिकी खेतीपातीका साथै पशुपालनमा बित्ने गरेको छ भने करिब १० जना बिदेसिएका छन् ।

 

शब्द तथा तस्बिर : श्रुति श्रेष्ठ

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्