बुद्ध कोणासन

नारी संवाददाता

पुस ९, २०७४ 

    दण्डासन अर्थात् गोडा सीधा राखेर बस्ने ।

    घुँडा मोडेर पैताला जोड्ने अनि शरीर नजिक ल्याउने ।

    क्षमता र लचकताअनुसार तान्ने ।

    हातले पैताला समातेर अगाडि झुक्ने र चिउँडो वा निधारले जमिन छुने ।

    जति सकिन्छ त्यति झुक्ने । निरन्तर अभ्यास गरे पूरा झुक्न सकिन्छ ।

    ३० देखि ६० सेकेन्ड त्यही आसनमा बस्ने ।

फाइदा

    जाङ, पीठ (ढाड) र घुँडा तन्कन्छ तथा उक्त अंगको तनाव कम हुन्छ ।

    पेटका अङ्ग, अण्डाशय, प्रोस्टेट ग्रन्थि एवं मूत्राशयलाई सक्रिय बनाउँछ ।

    मासिक धर्ममा हुने पीडा कम गर्छ भने रजनोवृत्तिमा सहजता हुन्छ ।

    सियारिकामा राहत मिल्छ ।

    मुटुलाई उत्तेजित गरेर शरीरको रक्तप्रवाहमा सहजता ल्याउँछ ।

    उच्च रक्तचाप, श्वासको समस्या तथा बाँझोपनमा पनि उपयोगी हुन्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्