मेथीको दाना औषधीको खजाना

नारी संवाददाता

मंसिर २९, २०७४

    मधुमेहका रोगीले बेलुका एक चम्चा मेथीको दाना पानीमा भिजाएर बिहान उक्त पानी तथा दाना चपाएर खाँदा फाइदा हुन्छ ।

    मेथी उच्च रक्तचापका रोगीका लागि पनि लाभदायक सिद्ध हुन्छ ।

    आङ खस्ने अर्थात् गर्भाशय सरेको अवस्थामा मेथीको लड्डु बनाएर खाँदा फाइदा मिल्छ ।

    जोर्नी तथा बाथको समस्यामा राति मेथीको दाना भिजाएर भोलिपल्ट बिहान चपाएर खाने ।

    जहाँ पीडा हुन्छ त्यहाँ मेथीको दाना राखेर बाँध्दा बिसेक हुन्छ ।

    घाउमा मेथी पिसेर लगाउन सकिन्छ ।

    कब्जियतका रोगीले बेलुका मेथीको धुलो तातोपानीसँग खाए पेट सफा हुन्छ ।

    मेथी स्त्रीरोगमा समेत उपयोगी मानिन्छ ।

    मेथीको धुलो र दहीको पेस्ट अनुहारमा लगाउँदा छाला सफा हुन्छ ।

 मेथी पाउडरको पेस्ट केशमा लेप लगाएर सफा गर्दा केश सुन्दर देखिन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्