कलेज क्वीनको उपाधि भूमिकालाई

नारी संवाददाता

कार्तिक ५, २०७४ 

एजुकेसनल ब्युटी प्याजेन्ट उपनाम दिइएको कलेजमा अध्ययनरत छात्रामा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘कलेज क्वीन नेपाल २०१७’ को उपाधिमा भूमिका घिमिरेले आफ्नो नाम दर्ता गराएकी छिन् ।

हालै जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको प्रतियोगिता विजेताको ताज सहित भूमिकाले नगद पुरस्कार  पचास हजार पनि आफ्नो नाममा सुरक्षित बनाएकी छिन् । प्रतियोगितामा फस्ट रनर अपका रुपमा क्वीन एजुकेसनल एम्बेसडर अफ नेपाल शीर्षकमा सुबानी गोर्खाली तथा सेकेन्ड रनर अपका रुमपा कलेज क्वीन आइकन शीर्षकमा श्रीषा न्यौपानेलाई विजेता चयन गरिएको थियो ।

प्रतियोगितामा  प्रेक्षा के.सी. पब्लिक च्वाइस अवार्ड, सन्जु तामाङ वेष्ट ड्रेस, लसता महर्जन बेस्ट क्याटवाक, सामना सत्याल बेस्ट डिसिप्लिन, अनिमा गौतम बेस्ट ब्युटी र अनुपमा पौडेलले बेस्ट फ्रेण्डशिपको अवार्डमा उत्कृष्ट ठहरिएका थिए ।  आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको सो प्रतियोगिता विपना थापाको कोरियोग्राफीमा संचालन भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्