निद्रामा देखिने रोचक समस्याहरू

नारी संवाददाता

आश्विन ३, २०७४मानिसहरुमा निद्रा कम लाग्ने समस्या प्रसस्त पाइन्छ, खास गरी वृद्धहरुमा यो समस्याले सताउँछ । ओच्छयानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार विउँझने, विहान चाँडै विउँझने आदि समस्या हुन्छ । हाम्रो शरिरको स्वास्थ्यको लागि निद्रा अत्यावश्यक हुन्छ । निश्चित समयमा भोक लागेजस्तै निश्चित समयमा निद्रा लाग्छ र हामी निद्राबाट विउँझिन्छांै । निद्रा विभिन्न किसिमका हुन्छन् । 

- हल्का निद्रा 

- गहिरो निद्रा, आरामदायी निद्रा 

- आँखाको गेडी हल्लिने निद्रा 

 

खास गरि यि विभिन्न निद्रा हामी सुतेको बेलामा एकपछि अर्काे हुदै चक्रिय रुपमा आइरहेका हुन्छन । हल्का निद्रामा हामी कसैले वोलेको थाहा पाउँछौ झसंग उठ्न सक्छौं । आखाको गेडी हल्लिने निद्रामा पनि त्यस्तै हुन्छ तर जब हामी गहिरो निद्रामा हुन्छौ, त्यतिवेला हामीलाई केहि थाहा हुदैन । यस्तो निद्रालाई भाते निद्रा भनिन्छ । हाम्रो मस्तिस्कको आरामको लागी यो अति आवश्यक छ । हाम्रो शरिरको स्वास्थ्यको लागि करिब ६ घन्टा निद्राको आवश्यकता पर्छ । वालकलाई तथा विरामी पर्दा वढि घण्टा निद्राको आवश्यकता पर्छ । कहिले काही एक दिनको निद्रा विथोलियो भने अर्काे दिन यसले असर गर्छ । 

निद्रामा देखिने समस्याहरू 

प्राय मानिसहरु निद्रा कम पर्ने गरेको गुनासो गर्छन । कसैलाई ओछ्यानमा पुगेपछि निद्रा लाग्न घण्टौ कुर्नुपर्छ,  कोही निदाउने तर विच विचमा विउँझने गर्छन् भने कोही निदाएर उठेपछि फेरी निदाउन गाह्रो हुन्छ । त्यस्तै कोही वढि निदाउछन । खासगरि दिउसो वढी निद्रा लाग्ने, निद्राले गर्दा काम गर्न गाह्रो हुने, पढ्न नसक्ने, पटक पटक निद्राले सताउने हुन्छ । 

निद्रामा देखिने अन्य रोचक समस्या 

- निदाएको वेलामा डराउने, अत्तिने, चिच्याउने, नरम्रो सपना देख्ने भौलिपल्ट कुनै कुरा सम्झने, कुनै सम्झन नसक्ने ।

- निदाएको वेलामा घरवाट वाहिर निस्कने र हिड्ने, धेरै हिडी सकेपछि मात्र चेत आउने र फेरी घर फर्कने ।

- निदाएको वेलामा पिसाव छुट्ने । 

- निद्राको वेलामा वोल्ने, दात चपाउने ,निद्रामा धुर्ने, खुट्टा हल्लाउने आदि ।

 

निद्रावाट विउझिदा शरिर चलाउन नसक्ने : यो यस्तो अवस्था हो, जसमा अचानक निद्रावाट विउझिन्छौं, डराइरहेका हुन्छौं, शरिर चलाउन र वोल्न पनि सक्दैनौ , त्यसैले निसासिए जस्तो लाग्छ । केही मिनेटमा फेरि सामान्य हुन्छौं । यस्तो अवस्थालाई वोक्सीले छलेको भन्ने गरिन्छ जुन सहि होइन , यो निद्राको अवस्थामा देखिने प्यारालाइसिस हो जुन १,२ मिनेट मात्र रहन्छ ।

धेरै मानिसहरुमा उमेर ढल्कदै जाादा निद्रा कम पर्ने हुन्छ । राती निद्रा नपर्दा अत्यान्त पडिादायी हुन्छ, मनमा अनेकौ कुरा खेल्छन दिमागले आराम पाउदैन , छटपटी हुन्छ , वाराम्वार पिसाव फेर्नु पर्ने हुन्छ । डर लाग्छ , पेट पोल्छ खानामा अरुचि हुन्छ पसिना आउछ , शरिरका मांशपेशी दुख्छन् । भोलिपल्ट मन कमजोर हुने , शरिर स्वस्थ नहुने हुन्छ । धेरै मनोरोगका विरामीहरु आफ्नो निद्रा गडवड भएको वताउछन तथा अन्य शरिरिक रोगीहरु पनि निद्रा नपर्नाले आफूलाई सताएको वताउछन् । 

राम्रो निद्राका लागि घरेलु उपाय

- सुत्ने कोठा शान्त र हल्ला नहुने खालको हुनुपर्छ ।

- दैनिक शारीरिक व्यायाम गर्ने ।

- दिउँसो भरसक नसुत्ने ।

- सुत्नुअघि चिया, कफी नलिने र बढी खाना नखाने वा कम खाना पनि नखाने । बेलुका ठिक्क खाना खाने ।

- सधैं एउटै समयमा सुत्ने बानी बसाल्ने चाँडै सुत्ने र चाँडै उठ्ने बानी गर्ने ।

- निद्रा लाग्ने वेलामा मात्र ओछ्यानमा जाने, जाँड–रक्सी सेवन नगर्ने ।

- सुत्नुअघि मनतातो पानीले नुहाउनु उत्तम हुन्छ ।

- सपनाको मनोवैज्ञानिक विश्लेषण

प्रसिद्ध मनोवैज्ञानिक सिगमण्ड (फ्रायड) का अनुसार निद्रामा देखिने सपना अनौठो रूपमा आएको हुन्छ । खास गरी हाम्रो मस्तिष्कमा रहेका (रेकर्ड भएका) कुराहरू एक–अर्कामा जोल्टिएर आउने, हाम्रो मनमा रहेको इच्छा पूरा गर्ने, कहिलेकाहीँ एकआपसमा घुलमेल हुँदै अत्यन्तै पीडादायी डरलाग्दो रूपमा प्रस्तुत हुने एउटा कुराको टाउको अर्काे कुराको पुच्छरसँग चामत्कारिक सपना देखिने, कहिले राम्रो रूपमा आउने कहिले नराम्रो रूपमा आउने हुन्छ । 

नराम्रो सपना देखियो अब के हुन्छ भनेर अहिले मनमनै त्रासमा पर्नेहरू पनि हुन्छन् तर यो भ्रम मात्र हो । तर पनि यसले मनमा अशान्ति पैदा गर्छ । सपना राम्रो देख्नाले मन खुसी पनि हुन्छ । त्यसैले सपना सुल्टो–उल्टो जे पनि हुन सक्छ । सपना नराम्रो देख्दा कुनै खतरा हुँदैन । तपाईंले भेट्न नसकेको मानिस वा तपाईंले मनमा सोच बनाउनुभएको मानिससँग पनि तपाईंको भेट सपनामा हुन्छ, तपार्इंलाई क्षणिक आनन्द मात्र हुन्छ । अर्काे शब्दमा भन्दा हाम्रो मस्तिष्क एउटा कम्युटर हो । उसमा रेकर्ड भएको कुरा हरु तव हामी निद्रामा हुन्छौ, मस्तिस्क चाही अर्ध चेतनामा हुन्छ । त्यस वेला सपनामा यी वषौ देखिका रेकर्डहरु फाइल टेप जस्तै गरि एक अर्कामा घुलमिल भई प्रस्तुत हुन्छन । कहिले यी आनन्दायी हुन्छन त कहिले पिडादायी हुन्छन । तर सपना नराम्रो देखियो अव के हुन्छ भनेर अत्तिनुचाहि मुर्खता मात्र हो । नराम्रो सपना देख्दा र चिन्ता लिदा कति मानिस मनोरोगी वन्छन ।

कहिले काहि रातभरी नै निद्रा पदैन जुन खतरनाक पनि हुन सक्छ । निद्रा नपर्नाले गर्दा रात अत्यन्तै लामौ लाग्ने र पीडादायी महसुस हुन्छ । डिप्रेसन रोगका बिरामी निद्रा गहिरो नभएको बताउँछन् जसबाट भोलिपल्ट फुर्ती नआउने हुन्छ । डरलाग्दो सपना देख्ने गर्छन र अत्तिन्छन् । मेनिया रोगमा निद्रा २ घन्टा सुते पनि पुग्छ । बिरामी राति पनि टिभी हेरिरहने, कराउने, एताउता हिँड्ने गर्छन् । सिर्जाेर्फेनियाका बिरामी रातभरि यताउता डुल्छन् र दिउँसो सुत्छन् । सन्तुलित भोजन शारीरिक व्यायाम गर्ने मानिस राति राम्रोसँग निदाउँछन् । एक प्रकारको छारे रोग जुन निदाउँदा मात्र देखिन्छ ।

बिरामी अचानक ओछ्यानबाट खस्ने शरीर कडा हुने, तन्किने, मुखबाट फिज काड्ने १५ मिनेटपछि फेरि उठ्ने गर्छन् । एन्जाइटिस डिसअर्डरका बिरामी अँध्यारोमा डराउँछन् । ढोका–झ्याल लगाउँदा आफू निसास्सिएको जस्तो मान्छन् । एक्लै बस्न सक्दैनन्, आत्तिने वा डराउने गर्छन् । अन्धविश्वासले गर्दा राति वढ्दै जादा भुत, वोक्सी आदि आउछ  भनेर डराउछन तर त्यस्तो भएको हुदैन । कोही निद्रामा बेसरी घुर्ने हुन्छन् । मोटो शरीर, कम शारीरिक व्यायाम, रक्सी सेवनले गर्दा प्राय: यस्तो भएको हुन्छ । रात लामो हुँदा हाम्रो शरीरको मेलाटोनिन भन्ने हार्माेन बढी प्रवाह हुँदा जाडो महिना कसैमा डिप्रेसन रोग देखिएको छ । खास गरी ध्रुवीय देश नर्वेमा यस्तो बढी भएको बताइन्छ ।

राति कफी–चिया पिउँदा पनि निद्रा कम लाग्छ । शरीरको अप्रेसनपछि निद्रा राम्रो परेन भने घाउ निको हुन गाह्रो हुन्छ । यस्तो अवस्थामा निद्रा लाग्ने औषधि प्रयोग गरिन्छ । बजारमा धेरै किसिमका निद्रा लाग्ने औषधि पाइन्छन् । थोरै निद्रा नपरे पनि औषधि लिनु हुँदैन । औषधिबिना गरिने उपचार सफल नभए मात्र औषधि प्रयोग गर्नुपर्छ । राति सुत्दा पूरै झ्याल–ढोका बन्द गर्नु हुँदैन । यसो  गर्दा अक्सिजन कम हुन पाउँदैन । जब हामी धेरै सत्छौं तब हल्का निद्राको मात्र पनि बट्दै जान्छ । बिहानीपख देखेको सपना उठेपछि सम्झन सकिन्छ । तर गहिरो निद्रामा देखिएको सपना सम्झन सकिँदैन । कहिलेकाहीँ हामी सुतेको १–२ घन्टामै अत्यन्तै डराउने, आत्तिने चिच्याउने हुन्छ, मुटुमा ढुकढुकी बढ्छ यसलाई नाइट टेरर भनिन्छ । यो भोलिपल्ट सम्झना हुँदैन । राति आनन्दले सुत्दा शरीरमा आराम महसुस हुने, मांसपेशी हलुका हुने, शरीरको तौल बढ्ने,  मानसिक तनाव कम हुने गर्छ । 

निद्रामा देखिने समस्याको उपचार

- निद्रामा  देखिने छारे रोगका बिरामीले छारे रोगको औषधि सेवन गर्नुपर्छ । औषधि करिब ४ वर्ष लिनुपर्ने हुन्छ । 

- निद्रा नपर्ने, निद्रामा बिउँझने बिरामीले सबैभन्दा पहिले घरेलु उपचार गर्नुपर्छ । त्यसबाट निको नभए - -- निद्रा पर्ने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । 

- निदाएका बेला डराउने, नराम्रो  सपना देख्ने मानिसलाई औषधिको प्रयोग तथा मनोवैज्ञानिक उपचारबाट फाइदा हुन्छ । 

- निदाएको बेलामा हिँड्ने ९क्भिभउ ध्बपिष्लन० का बिरामी औषधि प्रयोगबाट निको हुन्छ । 

- निदाएको बेला पिसाब फेर्ने बिरामीले बेलुकी कम पानी पिउने र सुत्नुअघि पिसाब फेरेर मात्र सुत्नुपर्छ । - - त्यसबाट पनि निको नभए राति कति बजे पिसाब छुट्छ, त्यो भन्दा ३–४ मिनेट पहिले उठाएर पिसाब फेराउनुपर्छ । त्यति गर्दा पनि निको नभए औषधि खानुपर्छ । 

- निद्रामा बोल्ने, दाँत चपाउने, निद्रामा खुट्टा हल्लाउने मानिसको लागि औषधि प्रयोग तथा मनोवैज्ञानिक उपचारबाट फाइदा हुन्छ । 

- निद्रामा डराई बिउँझदा शरीर चलाउन नसक्ने बिरामीलाई काउन्सिलिङको आवश्यकता पर्छ । यो बोक्सी लागेको होइन, अन्धविश्वास हटाउनुपर्छ । यो वोक्सीले छलेको होइन अचानक बिउँझदा शरीर चलाउन केही समय लागेको हो । 

- दिउँसोमा बढी निद्रा लागे चिया–कफीको प्रयोगबाट फाइदा हुन्छ । 

- निद्रामा देखिने नराम्रो सपनालाई विश्वास गर्नु हँुदैन । सपनामा देखेको कुरा पछि मिल्छ भन्नु अन्धविश्वास मात्र हो । मन ढुक्क बनाउनुपर्छ । सपना नराम्रो देखे पनि विपनामा केही हुँदैन । 

 

कसरी मानसिक रूपमा स्वस्थ बन्ने ?

- अनावश्यक कुरामा बारम्बार एकोहोरो गहिरो सोच नगर्ने ।

- अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने ।

- पुराना रुढिवादीका कुरा जुन वर्तमानमा झुट्टा साबित भएका छन् तिनमा विश्वास नगर्ने ।

- हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।

- जे छ त्यसमा सन्तुष्ट हुने, तर परिश्रम गर्न नछाड्ने ।

- लागूपदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै हुने भएकाले यी वस्तुबाट टाढै रहने ।

- दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने ।

- समाजमा, घरपरिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने ।

- अति नैतिकवान् नबन्ने र अरूबाट पनि त्यस्तो बढी आशा नगर्ने ।

- आफ्ना समस्या आफ्नो परिवार, साथीभाइलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।

- मनलाई सधैं शान्त राख्ने ।

(नशा तथा मानसिक रोग विशेषज्ञडा. सी. पी. सेडाईंसँगको कुराकानीमा आधारित लेख )

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्