फापरको ढिडो

नारी संवाददाता

भाद्र २८, २०७४ 

पछिल्लो समय नेपाली परिकार मध्ये फापरको ढिडो खाने ठूलो जमात थकालीमा भेटिन्छन् । विभिन्न रोगका लागि पनि फाईदाजनक ढिडो सामान्य तरिकाले आफ्नै घरमा पकाउँन सकिन्छ ।

सामग्री : पानी १ लिटर २०० ग्राम (फापरको पिठो) २० मिलिलिटर (शुद्ध घिउ)

विधि :

– गहिरो भाडामा पानी राखी आगोमा तताउने (कसौडी भए बेस)

– पानीमा अलिकति १ चिम्टी जति पिठो राखी पानी राम्ररी उमाल्ने

– राम्ररी उम्लेको पानीमा फापरको पिठोलाई विस्तारै हाली पन्युले चलाउने

– (घिउ राखीलगातार राम्ररी ५ मिनेट जति चलाउने (यो प्रक्रियालाई नेपाली ठेट शब्दमा ढिडो  मस्काउने वा ओडाल्ने भनेर भनिन्छ । )

– सानो आगो गरेर ५–७ मिनेट पकाउने

– त्यसपछि तात्तातै ढिडोलाई अरु झोलयुक्त तरकारी तथा मासुसँग खान सकिन्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्