सुत्केरी हुन नसकेर महिलाको मृत्यु

नारी संवाददाता

भाद्र २६, २०७४ 

आज बिहान ९ बजे उदयपुरकी एक महिलाको बच्चा जन्माउन नसकेर मृत्यु भएको छ । उदयपुरको चौदण्डि नगरपालीका ९ की ३८ वर्षीया राम कुमारी दनुवार सुत्केरी हुन नसकेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी जवान गंगा दनुवारका श्रीमती राम कुमारी दनुवारलाई व्यथाले च्यापेर गएराति ९ बजे जिल्ला अस्पता उदयपुर लगिएको थियो । डेलीभरी गराउन नर्मल टेवुलमा लगेर वल गराउने क्रममा सकमा गएर नफर्किएको अस्पतालका निमित्त प्रमुख डा. फडिन्द्र बरालको भनाई छ ।

डेलीभरी हुन बल गर्ने क्रममा एक्कासी वान्ता आएको र वान्ता स्वास नलिमा गएर सकमा पुगेको र नफर्किएको  डाक्टर बरालको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्