लिड रोलमात्रै

नारी संवाददाता

भाद्र २६, २०७४

रोजिशा शाही ठकुरी केही समयअघिसम्म कान्तिपुर टेलिभिजनको लोगो अंकित माइक्रोफोन बोकेर विभिन्न सेलिब्रेटीहरूको अन्तर्वार्ता लिइरहेकी हुन्थिन् । चलचित्रको प्रिमियर तथा कार्यक्रमहरूमा कलाकारहरू सामु माइक्रोफोन तेर्साएर प्रश्न सोध्ने रोजिशालाई अहिले अन्य टेलिभिजन तथा अनलाइन टेलिभिजनका पत्रकारहरूले प्रश्न सोधिरहेका हुन्छन् किनभने रोजिशा आफैं अहिले चलचित्र सेलिब्रेटी भएकी छिन् । चलचित्र ‘आधालभ’ र ‘ग्याङस्टर ब्लुज’मा सहअभिनेत्रीको भूमिकाबाट प्रशंसा कमाएपछि अहिले उनको प्रशंसा चुलिएको छ ।

२०१३ की मिस नेपाल अर्थ रोजिशा अहिले धेरै चलचित्र निर्माता निर्देशकको नजरमा परेकी छिन् । उनलाई अफर पनि निकै आउन थालेको छ, तर रोजिशाले भने अब सहअभिनेत्रीको भूमिका चाहिँ नगर्ने निधो गरिसकेकी छिन् । ‘लिड रोलको अफर आए मात्र काम गर्छु, त्यसमा पनि भूमिका दमदार हुनुपर्छ’ उनको शर्त छ । झन्डै ६ फिट अग्ली रोजिशाका लागि नायक पनि त अग्लै चाहियो नि ?  

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्