अञ्जु पन्त एकल साँझ

नारी संवाददाता

भाद्र २३, २०७४

दर्जनौं लोकप्रिय गीतकी गायिका अन्जु पन्त पहिलो पटक एकल साँझमा प्रस्तुत हुन लागेकी छिन् । अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसिएसनका लागि भोलि शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा साँझ ४ बजे प्रारम्भ हुने उक्त कार्यक्रममा अञ्जुले आफ्ना जीवनकालका चर्चित गीतहरू सुनाउने तयारी गरेकी छिन् जसमा उनको साथमा २७ जनाको वाद्यवादक टोली रहनेछ ।

सामाजिक सेवाका लागि पारिश्रमिक नलिई प्रस्तुत हुन लागेकी गायिका पन्तले एकल साँझबाट संकलन हुने आम्दानीबाट रेकर्डिस्ट एसोसिएसनलाई ५० प्रतिशत तथा गरिब जेहन्दार बालबालिकाको शिक्षाका लागि ५० प्रतिशत खर्च गर्ने बताइएको  छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्