परिचयका साथमा सरिता लामिछाने

नारी संवाददाता

भाद्र १३, २०७४

परिवारिक टेलिचलचित्रमा अभिनय गरेरै ठूला पर्दाको कलाकारको भन्दा समाजमा गहिरो छाप छाड्न सफल कलाकार सरिता लामिछाने १० वर्षको लामो अन्तराल पछि पुन: सानो पर्दामा नै फर्किएकी छिन् । दशक अघि चर्चित टेलिश्रृखला ‘परिचय’ मार्फत सबैको मनमा बस्न सफल सरिता सोही टेलिश्रृखला ‘परिचय’को नयाँ संस्करणका साथमा फेरि दर्शक माझ आएकी हुन् ।

दशक अघि दर्शकले निकै रुचाएको यो श्रृखला यसपटक ‘एस्प्रो मिडिया’ले नेपाल टेलिभिजनबाट प्रसारणमा ल्याएको छ ।  सरिता लामिछाने मुख्य भूमिका रहेको टेलिश्रृखला ‘परिचय’ गत आईतबार साँझबाट प्रसारणमा आएको हो । सरिताका साथमा कलाकार सरोज खनाल, निर शाह, कविता शर्मा, वर्षा राउत, सुनिल कटुवाल, आर पी पन्त लगायतका कलाकारले पनि यस श्रृखलामा अभिनय गर्ने छन् ।

दशक अघिकै निर्देशक ऋषि लामिछानेले नै यस पटक पनि टेलिश्रृखला ‘परिचय’को निर्देशन गरेका छन् । परिचयलाई दर्शकहरुले अब नेपल टेलिभीजनको पर्दामा प्रत्यक आइतबार बेलुका ८:५० मा हर्न सक्छन् । पहिलो श्रृखलाबाटै राम्रो प्रतिकृया पाएकी सरिताले सिरियलले नै आफूलाई परिचय दिलाएकाले आफू यसबाट टाढा रहन नसक्ने बताएकी छिन् ।

परिचय एकताका नेपाल टेलिभिजनको १ नम्बर रेटिङमा रहेर लामो समय प्रसारण भएको टेलिसिरियल हो । ४ वर्ष सम्म चलेको यो सिरियल १ सय ४१ भागसम्म प्रशारण भएको थियो ।

परिचयको पहिलो भाग

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्