वेडिङ : फोटो अवार्ड–२०१७

नारी संवाददाता

भाद्र १२, २०७४ काठमाडौं फोटोग्राफर संघले गत महिना पाँचौं क्यानन केपिए वेडिङ फोटो अवार्ड–२०१७ सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा विवाह तथा विवाहसँग सम्बन्धित ६ सयभन्दा बढी फोटोग्राफरले खिचेका १ हजार १ सय ३४ तस्बिरबीच प्रतिस्पर्धा भएको थियो ।

नेपालभरि रहेका फोटोग्राफरहरू विशेष गरी स्टुडियो तथा वेडिङ फोटोग्राफरहरूको पेसाको सम्मान एवं संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि यो प्रतियोगिता आयोजित गरिएको काठमाडौं फोटोग्राफर संघले बताएको छ ।

उक्त प्रतियोगितामा उत्कृष्ट २० सम्म आउने फोटोग्राफरहरूलाई विभिन्न पुरस्कार एवं सम्मानपत्र वितरण गरिएको थियो ।

तस्बिर सौजन्य : काठमाडौं फोटोग्राफर संघ

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्