रोइन् सन्ध्या

नारी संवाददाता

भाद्र १२, २०७४

काठमाडौंमा हुर्किबढेकी सन्ध्यालाई तराईको गर्मीको अनुभव थिएन । चलचित्र कमलीको विहेको गीत सुटिङ हुँदै थियो चितवनमा । मुख्य नायिका सन्ध्यालाई जेठको चर्काे गर्मीले अत्यायो । हेभी पहिरन, मेकअप, गहना तथा क्यामेराको रिफलेक्टर अनि त्यसमाथि प्रचण्ड गर्मी ।

उनले त्यस्तो गर्मी त्यसअघि कहिल्यै अनुभव गरेकी थिइनन् । सुटिङ सकेर खाना खान लाग्दा उनका आँखा त्यसै रसाइरहेका थिए तैपनि सबैका अगाडि रुन अप्ठ्यारो लागिरहेको थियो ।

त्यही समयमा काठमाडौंबाट आमाको फोन आयो । हेल्लो भन्नेबित्तिकै सन्ध्याले आफूलाई थाम्न सकिनन् । सन्ध्या भक्कानिएर रोएपछि आमा पनि अत्तालिइन् । गर्मीका कारण रोएको भन्दासमेत आमाले पत्याइनन् । गर्मीका कारण पनि कोही त्यसरी रुन्छ त ? आमाले उल्टै प्रश्न गरिन् ।

सन्ध्या गर्मीका कारण रोएको कुरा टिमका सबैले थाहा पाए । यो कुरा थाहा पाउनेजतिले सन्ध्यालाई जिस्क्याउने एउटा नयाँ विषय परेजस्तो भएको छ यद्यपि उनीहरू सन्ध्याको ख्याल पनि उत्तिकै राख्छन् ।  

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्