न्यू–लुक सम्मान र तीज कार्यक्रम

नारी संवाददाता

भाद्र ४, २०७४

न्यू–लुक कस्मेटिकले तीजको अवसर पारेर न्यू–लुक फोर लाइफ सम्मान तथा तीज कार्यक्रम आयोजना गर्‍यो । विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याउनु हुने व्यक्तिहरूलाई सम्मानसमेत गरेको उक्त कार्यक्रममा १९ जना ब्युटिसियन मोडलका रूपमा र्‍याम्पमा उत्रेका थिए । डा.. राज्यश्री श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सौन्दर्य प्रतियोगिताको निर्णायकमा सौन्दर्यविद बिनु श्रेष्ठ तथा मोडल एवं नायक दिक्कपाल कार्की, हुकुमराज लुइँटेल छन् । कार्यक्रममा वरिष्ठ कलाकार लक्ष्मी गिरी, गायिका मञ्जु पौडेल, खेलाडी नमिता श्रेष्ठ, पत्रकार सिर्जना दुवाल श्रेष्ठ तथा जानुका ढकाललाई सम्मान गरिएको थियो । सञ्चारकर्मी विनिता मरहठाले कार्यक्रम सञ्चालन गरिएको उक्त सम्मान तथा तीज कार्यक्रम सौन्दर्यविद लक्ष्मी महतको संयोजकत्वमा सम्पन्न भएको थियो । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्