नेपाल नेसनल हस्पिटलको स्थापना

नारी संवाददाता

श्रावण १०, २०७४
‘स्वास्थ्य सेवामा तपाईंको सरल पहुँच, हाम्रो प्रतिबद्धता, हामी सधै तपाईंको साथमा’ भन्ने नाराका साथ काठमाडौंको कलंकीमा नेपाल नेसनल हस्पिटल स्थापना भएको छ । गत महिनादेखि संचालमा आएको उक्त हस्पिटलमा सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गरिने डा. प्रकाश पौडेलले बताए ।

 डा. पौडेलका अनुसार उक्त हस्पिटलमा कुनै पनि स्वास्थ्यसम्बन्धी सल्लाह, सुझाव एवं सेवाका लागि सर्वसाधारणको पहुँचलाई ध्यान दिएर उपचार गरिनेछ । २४ घन्टे सेवा प्रदान गरिने उक्त हस्पिटलमा अत्याधुनिक अप्रेसन कक्ष, व्यवस्थित आइसीयु तथा २४ सै घन्टा अत्याधुनिक प्रयोगशाला उपलब्ध छ ।

रोग पहिचानका लागि अत्याधुनिक डायग्नोस्टिक सेट अप (युएसजी, एक्सरे, इसीजी, सिटिस्क्यान) छन् । सर्वसुलभ औषधि पसल, फिजियोथेरापी एवं सम्पूर्ण विशेषज्ञ सेवा २४ सै घन्टा उपलब्ध यो हस्पिटलमा डायलोसिस सेवा पनि उपलब्ध छ । यो हस्पिटललाई सुविधासम्पन्न ट्रमा सेन्टरका रूपमा विकास गर्ने लक्ष्य  छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्