साउनमा महिलाको शृंगार : स्वयंभित्र डुब्ने कला

डा. नम्रता पाण्डे

श्रावण ३, २०७४

महिला र शृंगार पर्यायजस्तै लाग्छन् । धेरैले भन्छन् पनि–महिलाहरूले किन यति धेरै शृंगार गर्नुपर्ने होला ? महिलाले शृंगार गरेर बस्दा देखिने आकर्षणले कसलाई नतान्ला र ? शृंगार गर्नुको अर्थ राम्रो देखिने  प्रयास गर्नु मात्र होइन । शृंगारको समयले महिलालाई अन्तर्मुखी हुन मद्दत गर्छ । त्यसैले शृंगारले बाहिरी सौन्दर्य मात्र नभएर आध्यात्मिकतासँग पनि सम्बन्ध राख्छ । शृंगारमा डुब्नुको अर्थ स्वयंलाई हेर्नु, स्वयंलाई समय दिनु, स्वयंको ख्याल गर्नु अनि स्वयंमा मस्त हुने कला जान्नु पनि हो । मलाई सम्झना भएसम्म उहिले–उहिले हजुरआमा–आमाहरूको दैनिकी पनि शृंगारबाटै सुरु हुन्थ्यो । बिहान उठेपछि नित्यकर्म सकेर, सफा रातो सुतीको साडी लगाउने, निधारमा ठूलो प्रस्ट देखिने टीका अनि सिउादोमा रातो सिन्दूर लगाउादा हाम्रा आमा–हजुरआमाभन्दा सुन्दर र आकर्षक कोही लाग्दैनथे मलाई । त्यसपछि पूजाआजा गर्ने, मन्दिर जाने र फर्किएपछि घरको काममा व्यस्त हुने, कति स्वस्थ, सरल र सहज दैनिकी थियो उहाँहरूको । त्यही शृंगारको चलन फेसनका रूपमा बढ्दै आज भड्किलोपन एवं महागा सामानको प्रयोगसम्म पुगेको छ भने  छाला र अनुहारलाई नकारात्मक असर गर्ने रासायनिक पदार्थको उपयोगसमेत बढ्दै गएको छ ।

हिन्दू क्यालेन्डरमा श्रावण महिनालाई आध्यात्मिक रूपले महत्वपूर्ण महिना मानिन्छ । यद्यपि अहिले आएर हिन्दू धर्म मान्ने महिलाहरू मात्र नभएर सबै धर्म–संस्कृतिका महिलाहरूले यो महिनालाई महत्वका साथ लिन थालेका छन् । यो महिना भगवान् शिवको आराधना गरे पुण्य प्राप्त हुन्छ, आफ्नो संस्कारको परिचय मिल्छ, सौभाग्य एवं सुस्वास्थ्य हासिल गर्न सकिन्छ तथा मन शान्त रहन्छ भन्ने धारणा छ तसर्थ यो महिना व्रत लिने, शुद्ध आहार–विहार अँगाल्ने तथा शिवजीको दर्शन गर्ने जस्ता काम प्राथमिकतामा पर्छन् । सक्नेले महिनाभरि र नसक्नेले श्रावणका प्रत्येक सोमबार यो नियम पालना गर्छन् । समाजमा यसलाई आधुनिक फेसन, देखावटीपन एवं ढाेंगको संज्ञा दिनेहरू पनि छन् तर वास्तविकता केलाउने हो भने धार्मिक, आध्यात्मिक, सामाजिक, सांस्कृतिक, मानसिक एवं भौतिक दृष्टिकोणले पनि श्रावण महिना र यो महिना गरिने नियम पालनाको आफ्नै महत्व छ ।

मन्दिर जाँदा हुने फाइदा

मानिस जति नै नकारात्मक सोचको भए पनि मन्दिर जाने भनेपछि उसको सोच सकारात्मक हुन्छ । उसमा थोरै भए पनि आस्था र श्रद्धाको भाव प्रकट हुन्छ । हाम्रो शरीर, मन एवं मस्तिष्क शान्त रहन अनि व्यवहार र कर्ममा सफलता प्राप्त गर्नमा ९० प्रतिशत हाम्रो सोचाइले काम गर्छ भने १० प्रतिशत मात्र वातावरणले प्रभाव पार्छ । सकारात्मक सोचकै कारण मानिस एकैछिन भए पनि भय र क्रोधबाट टाढा रहन्छ । बिहानको समयमा मन्दिर दर्शन गर्नाले शारीरिक र मानसिक तन्दुरुस्ती प्राप्त हुन्छ । मन्दिर पुगेर मन शान्त गरेर फर्किएकी महिलाले घरमा पनि शान्त ऊर्जा प्रवाह गर्छिन् त्यसबाट पनि घर शान्त एवं प्रेमपूर्ण हुन्छ । त्यसो त प्रकृतिले नै महिलालाई सरलता, सहजता, सहनशीलता एवं नम्रता आदि गुण दिएको छ । परिवारमा कुनै समस्या पर्‍यो भने आक्रामक भएर होइन शान्त रूपले सहजै सबै कुरा सम्हाल्ने खुबी छ महिलामा ।

रंगीचंगी गहना, कपडा एवं शृंगार
श्रावण महिना लागेको संकेत वरिपरि रहेका आमा, दिदीबहिनीहरूको रंगीचंगी पहिरन एवं शृंगारबाटै प्राप्त हुन्छ । विशेष गरी श्रावणमा  रातो, हरियो र पहेंलो रंगको प्रयोग बढी देखिन्छ । यी सबै रंग मिसिएका झिलिमिली पहिरन, हातभरि हरिया, राता तथा पहेंला चुरा, हत्केलामा मेहन्दी, गलामा हरियो, रातो वा पहेंलो पोते अनि सिउँदोमा सिन्दूरले सजिएका महिलाहरूले आफ्नो सौभाग्यका रूपमा  प्रकृतिलाई नै माथ गरिरहेको भान हुन्छ । विवाह गरेका महिलाहरूले शिवजीको आराधनामार्फत आफ्ना श्रीमान्को दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्ने तथा अविवाहित महिलाहरू सज्जन एवं सुसंस्कृत श्रीमान् पाऊँ भनी शिवजीको आराधना गर्ने प्रचलन भए पनि वास्तविक अर्थमा सुविचार, सकारात्मक धारणा एवं प्रकृति र प्रेमको अभिव्यक्ति अनुभूति गर्न सकिन्छ यो प्रचलनबाट । अर्कातर्फ रंग हाम्रो शरीरमा तरंग र संवेदना उत्पन्न गर्ने महत्वपूर्ण पक्ष हो । हाम्रो शरीरमा जसरी सात चक्र छन् र ती चक्रको प्रभाव सात रंगसँग छ त्यसरी नै महिलाहरूले प्रयोग गर्ने पहिरन एवं गहनाहरूका रंगले उस्तै वैज्ञानिक एवं आध्यात्मिक महत्व राख्छन् । रातो रंग प्रेम, शक्ति र साहसको, सेतो रंग पवित्रताको, हरियो रंग प्रकृति र आत्मीयताको, पहेंलो रंग बौद्धिकताको, नीलो रंग शान्तिको, सुन्तला रंग रचनात्मक शक्तिको तथा बैजनी रंग ध्यानको प्रतीक मानिन्छ । त्यसैले जीवन, जगत् र पदार्थसँग रंगहरूको प्रभाव रहन्छ ।

महिला नै व्रत बस्नुको कारण
भगवान् शिवलाई कल्याणकारी, संरक्षक एवं संहारकारी शक्ति मानिन्छ । भगवान्मा भएका गुण हाम्रो आचरणमा पनि प्रवेश गरून्, हाम्रो स्वभाव पनि कल्याणकारी होस् भन्ने अभिप्रायले व्रत बसिन्छ । महिलाहरू नै ब्रत बस्नुको कारण भने महिला–पुरुषको स्वाभाविक भिन्नता एवं प्राकृतिक बनोट हो । प्रकृतिले महिला र पुरुष दुवैलाई एक–अर्काका पूरकका रूपमा जन्म दिए पनि  सामाजिक मान्यता हेर्ने हो भने सधैं महिला र पुरुषबीच बहस चलिरहेको हुन्छ । एकले अर्कोलाई फरक मानेर समानताको लडाइँ चलिरहेको छ परापूर्व कालदेखि । यद्यपि प्राकृतिक रूपमा भने महिलाहरू आफ्नो दायाँ–बायाँ दुवै मस्तिष्कलाई सन्तुलित ढंगले प्रयोग गर्न सक्छन् भने पुरुषहरू एकातर्फको मस्तिष्क मात्र  प्रयोग गर्छन् । अमेरिकी शोधकर्ताहरूका अनुसार  पुरुषको  मस्तिष्कको बनावट अगाडिबाट पछाडितिर गएको हुन्छ र तन्तुको सहायताबाट एक–अर्कासँग जोडिएको हुन्छ जब कि महिलाको मस्तिष्कको बनावटमा तन्तुहरू बायाँबाट दायाँ र दायाँबाट बायाँ दुवैतर्फबाट एक–अर्कासँग जोडिएका हुन्छन् ।  पुरुषको मस्तिष्कमा तन्त्रिका तन्तुको संख्या धेरै हुन्छ भने महिलाको मस्तिष्कमा न्युरोन कोशिकाको रक्षा गर्ने भाग ग्रे मोटर धेरै हुन्छ । यही फरक दिमागी सन्तुलनका कारण पुरुष धेरै व्यावहारिक र उसको दिमाग धारणा बनाउने, तर्क गर्ने र परिस्थितिलाई सम्हाल्नमा प्रयोग हुन थाल्यो भने महिलाको मस्तिष्कको बनोटअनुसार महिलाहरू बढी भावुक र बढी संवेदनशील हुन पुगे । हृदयले काम लिने हँुदा पुरुषको भन्दा महिलाहरूको विश्लेषण गहिरो एवं प्रेमले भरिएको हुन्छ । प्रकृतिसँग रमाउने, एकान्तमा रमाउने, भावनामा डुब्ने लक्षण र शक्ति महिलासँग नै बढी भएको हँुदा महिलाहरू यो क्षेत्रमा अगाडि देखिएका हुन सक्छन् ।

ध्यानको दीक्षा
शिवको अर्थ नै कल्याणकारी हो । कल्याणकारी भगवान् शिवको मुख्य उपदेश सबै जगत्प्रति करुणादायी बन भन्ने हो । ध्यानबिना करुणा उत्पन्न हुादैन । भगवान् शिवद्वारा पार्वतीलाई प्रदान गरिएको ध्यानको दीक्षा र यसको महत्व बुझेर ध्यानको कलालाई दैनिक जीवनमा उतार्न सके मात्र साउनको सोमबार ब्रत गरेर भगवान् शिवलाई प्रसन्न बनाउने उद्देश्य पूर्ण हुन्छ । भगवान् शिवले पार्वतीलाई १ सय ८ ध्यान विधि सिकाएर त्यसलाई जीवनमा उतार्न अनुरोध गरेका थिए । विचारको कोलाहलबाट विश्रान्ति लिएर शुद्ध र निर्मल मनको अनुभूतिमा जानु ध्यान हो । इन्ऽियहरू मनको साथ, मन बुद्धिको साथ र बुद्धि आफ्नो स्वरूप आत्मामा समाहित भएको अवस्था ध्यानपूर्ण अवस्था हो । जब हामी शरीरको, मनको एवं भावको तलबाट केही पनि गरिरहेका हुादैनौं र केवल जागृति शेष रहन्छ त्यो अवस्थालाई ध्यान भनिन्छ । दैनिक जीवनको भागदौडले हाम्रो चित्त बहिर्मुखी भएर हामी आफ्नो स्व–केन्ऽबाट धेरै टाढा पुग्छौं । मनमा उठ्ने कामना, वासना र विचारले चित्तलाई आन्दोलित र बिस्तारै अशान्तसमेत बनाउाछ । ध्यानले हामीलाई स्व–केन्ऽमा फर्काई मन र ह्दयलाई स्थायी रूपमा शान्त एवं सहज बनाउाछ । ध्यान हाम्रो सहज आन्तरिक स्थिति हो जहाा शरीर, मन र ह्दय एक गहन विश्रामपूर्ण, सरल र स्वाभाविक अवस्थामा रहन्छन् । ध्यानस्थ अवस्थामा आफैभित्र लुकेको अनन्त शान्ति, ज्ञान, सत्य, प्रेम, सम्पन्नता, सौन्दर्य र रहस्यमा डुब्ने तथा एकाकार भै स्वस्थ, सफल र मस्त जीवन जिउने सूत्र प्राप्त गर्न सकिन्छ । जीवनमा जति भागदौड गरे पनि, जति बुद्धिमत्ता अपनाएर आफूलाई उच्च कोटीको मनुष्यमा राख्न चाहे पनि जीवनको खास उद्देश्य आनन्दप्राप्ति हो । खुसी र आनन्द चाहने व्यक्तिले अरूका लागि पनि  कल्याणकारी सोच राखेर कर्म गर्छ । जब कर्म सत्य, कल्याणकारी अनि सुन्दर हुन्छ  तब मात्र  सत्यम्, शिवम्, सुन्दरम्को भाव सार्थक हुन्छ । साउने सोमबार मन्दिर जाऔा साथै घरलाई मन्दिर बनाउने कला पनि सिकौं । शृंगार गरौा तर बाहिर देखिने सुन्दरता हृदयभित्र पनि कायम गरौा । आफ्नो मन, बचन र कर्म नै सुन्दर बनाऔं । घर, समाज र राष्ट्रमा शान्ति र सुन्दरता कायम राख्न महिलाको ठूलो हात छ त्यसैले सत्यम्, शिवम्, सुन्दरम् प्रस्तुत हुने गरी जीवनशैली अपनाऔं ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्