२०७४ साल साउन महिनाको राशिफल

- प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्य

श्रावण १, २०७४ 

मेष : सन्तान सुुखका लागि केही खर्च हुुनसक्छ । श्रीमान्सँग वैचारिक मतभिन्नता भए पनि माया–प्रीति भने यथावत् रहनेछ । कामको सिलसिलामा यात्रा गर्नुुपर्ला । कुुनै कुुराको लाभ हुुनसक्छ । कामविशेषले टाढा भएका परिवारजनसँग भेटघाट हुुनेछ । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । नवविवाहिताहरूले बोली एवं व्यवहारमा सतर्कता अपनाउनुुहोला ।

 

वृष : कुुनै काम विशेषले यात्रा गर्नुुपर्नेछ । आफन्त एवं प्रियजनसँग भेटघाट हुनेछ ।  विभिन्न माध्यमबाट सहयोग प्राप्त होला । पराक्रम बढ्नेछ भने व्यक्तिगत कार्यमा पनि सफल भइनेछ । आफ्नो इच्छानुुसार समय बिताउने अवसर जुर्नेछ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । विविध क्षेत्रबाट लाभ मिल्नेछ । योजनाअनुुसार सबै कार्य सम्पन्न हुुँदा मन प्रसन्न रहला ।

 

मिथुन :    स्वतन्त्र रूपले कार्य गर्न पाइनेछ । घरमा कुुनै कुुराको हेरफेर हुुनसक्छ । धेरै कुुरामा लाभ मिल्नुका साथै कतैबाट उपहारसमेत प्राप्त होला । टाउको एवं आँखा दुुख्ने समस्याले सताउनसक्छ । आफ्नै प्रभुुत्वमा सबै कार्य सम्पन्न हुुनेछन् । चोटपटक लाग्ने तथा अनावश्यक खर्च हुुने योग छ ।

 

कर्कट : यात्रा हुुनसक्छ । विभिन्न कामको बागडोर सम्हाल्नुुपर्ला । सानोतिनो काम पनि आपैंmले गर्नुुपर्दा शरीर थकित रहनेछ । पेट एवं मुुटुुका रोगीहरूको स्वास्थ्य समस्या बढ्नसक्छ । घरमा नयाँ सर–सामान भित्रिनेछ । साथीभाइसँग भेटघाट गर्ने अवसर जुुर्नेछ भने अनावश्यक खर्चले सताउनेछ ।  

 

सिंह : मित्रवर्गसँगको भेटघाटले मन हर्षित हुनेछ । सहयोगी हातहरू पछि हट्न सक्छन् । इच्छानुुसार विभिन्न सरसामग्रीको किनमेल हुुनेछ । रुचिअनुरूपको भोजन एवं वस्त्रलाभ हुने योग छ । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । आफ्नो कामका साथसाथै स्वास्थ्यप्रति पनि सजग रहनुु आवश्यक छ । हडबड नगरी धैर्यपूूर्वक काम गरे हरेक कुुरामा सफलता प्राप्त होला ।

 

कन्या :    कुुनै विशेष काममा सफलता हात पर्नेछ । सबै कार्य योजनाअनुुरूप पूूरा हुुँदै जानेछन् । नवीन रोजगारीको प्राप्ति वा बढुुवा हुुनसक्छ । आर्थिक लाभसमेत हुुनेछ । मानसम्मान पनि पाइनेछ । विभिन्न कुुराको लाभका साथै आकस्मिक उपहार हात लाग्नसक्छ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । बोली एवं व्यवहारमा सतर्कता नअपनाए विवाद सिर्जना हुने योग छ ।

 

तुला :    नयाँ स्थानको भ्रमण हुनसक्छ । कुुनै काममा विशेष सफलता प्राप्त हुनेछ । इच्छाअनुुरूप सबै कार्य सफल हुुनेछन् । घर तथा माइतीबाट अपेक्षित सहयोग मिल्नेछ । छोराछोरीबाट पनि सुुख एवं सन्तोष प्राप्त होला । व्यक्तिगत कार्यमा सफल भइनेछ । भाउजूबुुहारी, दिदीबहिनी, नन्दआमाजू आदि सबैसँग सद्भाव कायम रहला । श्रीमान्बाट पनि अपेक्षित माया एवं सहयोग प्राप्त हुुने देखिन्छ ।

 

वृश्चिक : परिवारका सदस्यहरूसँग रमाइलो समय बिताउने मौका मिल्नेछ । व्यक्तिगत एवं पारिवारिक सुुखका निम्ति केही खर्च हुुनसक्छ । माइती एवं मावलीबाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । अरूले समेत आफ्नो इच्छा एवं खुुसीको ख्याल गरेको देख्दा मनमा हर्ष छाउनेछ । किनमेलमा अनावश्यक खर्चको योग छ ।

 

धनु : महिनाको पहिलो साता लाभदायक छ भने त्यसपछिको समयमा संघर्ष गर्नुपर्ने देखिन्छ । रक्तचाप घटबढ हुुनसक्छ । परिवारमा कसैलाई गम्भीर स्वास्थ्य समस्या देखा पर्नसक्छ । श्रीमान्ले सुुझाएको राम्रो कुुरा पनि नराम्रो लाग्नेछ । सकारात्मक रही शान्तिपूूर्वक चिन्तन–मनन गरेर कार्य सम्पन्न गरे सबै कुुरामा सफलता हात पार्न सकिनेछ । व्यक्तिगत कार्यका लागि समय छुुट्याउनुु लाभदायक होला ।

 

मकर :    कामविशेषले यात्रा गर्नुुपर्नेछ । विभिन्न सभा–समारोहमा सहभागी हुुने अवसर जुट्नेछ । पारिवारिक सुुख प्राप्त हुनुका साथै इष्टमित्रसित भेटघाट गर्ने मौका जुर्नेछ । कुुनै काममा विशेष सफलता मिल्नेछ । आर्थिक लाभसमेत हुुनेछ । सन्तान सुुखको योग छ । प्राय: सबै काममा अपेक्षाअनुुरूप सफलता हात पर्ला ।

 

कुम्भ :    जाँगर बढ्नुुका साथै शरीर पनि फुर्तिलो रहनेछ । चिन्ता हट्नेछ । साथीभाइ एवं इष्टमित्रसँग भेटघाट हुनेछ । पारिवारिक सुुख–समृद्धि वृद्धि होला । छोराछोरीबाट सन्तोष मिल्नेछ । व्यक्तिगत कार्यका लागि पर्याप्त समय निस्कनेछ । कुुनै काममा विशेष सफलता हात लाग्नेछ । शैक्षिक, सामाजिक, न्यायिक एवं राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा कुुनै नवीन काम गर्ने विचार आउनसक्छ ।

 

मीन :    कुुनै काममा विशेष सफलता हात पर्नेछ । आफ्नो कार्यक्षेत्रमा लोभलाग्दो प्रगति हुनेछ । पदोन्नति हुुनसक्छ । गरिएको काममा अपेक्षित सफलता मिल्नेछ । व्यावसायिक क्षेत्रसमेत फाइदाजनक देखिन्छ । साथीसंगीसँग भेटघाटको अवसर जुुट्नेछ । नवीन कार्यको थालनी हुुनसक्छ । यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्