गर्मीको एलर्जीबाट जोगिन

नारी संवाददाता

असार २८, २०७४
गर्मीमा धेरैजसोलाई छालामा एलर्जी हुन्छ । गर्मीमाएलर्जी तथा छालासम्बन्धी कीटाणु निकै सक्रिय हुन्छन् । छालालाई सुख्खामौसमको कुप्रभावबाट जोगाउनविभिन्नक्रिम, साबुनतथा जेल प्रयोग गरिन्छ ।

गलत औषधिको प्रयोगका साथै विभिन्नक्रिम, साबुन, जनावरमाहुने कीटाणु, रंग आदिका कारण पनि एलर्जी हुनसक्छ । यसले गर्दा रुघा लाग्ने, हाछ्युँ आउने, शरीरमा डाबर आउने तथाखोकीलाग्ने हुनसक्छ ।  यस्ता समस्याबाट जोगिन धूलो–धूवाँबाट टाढै रहनुपर्छ ।

अहिले जतासुकै बाटो खनिएको हुँदाजताततै धूलैधूलो छ । यस्तो अवस्थामाबाहिर हिँडडुल गर्दा सबै शरीर छोप्नुपर्छ भने मास्कतथा चस्मा पनि लगाउनुपर्छ । सुख्खामौसम भएकाले प्रशस्तपानी पिउनुपर्छ । बाहिर गएर आएपछि अनुहार तथाहातखुट्टा राम्रोसँग धुनुपर्छ । कतिपयलाई घामले एलर्जी हुन्छ । एलर्जीभएको ठाउँमा कन्याउनुहुँदैन । लामो समयसम्मनिको नभए छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्