घरपालुवामा छारे रोग

नारी संवाददाता

असार २८, २०७४

हिजोआज घरपालुवाखासगरी कुकुरमा छारे रोग व्यापक रूपमा देखिनथालेको छ । यो घरपालुवामालाग्ने घातक किसिमको रोग हो जुन पूर्णरूपमानिको हुन कठिन हुन्छ । यो रोग मस्तिष्कतथानसासँग सम्बन्धित हुन्छ । यो रोग वंशानुगतका साथै मस्तिष्कको ट्युमर, चोटपटक तथा कडा किसिमको औषधिको प्रभावले देखा पर्छ ।

यो रोगले ग्रसित कुकुरमा शरीरको सन्तुलनबिग्रने, कम्प छुट्ने, र्‍यालनिकाल्ने, छटपटिने, मुखबाट फिजनिकाल्ने आदि लक्षण देखिन्छन् । त्यतिबेला कुकुरले दिसा–पिसाबपनिगर्न सक्छ । अनुहारका मांसपेशीहरू तन्किने–खुम्चिने हुन्छ । हातखुट्टामा कडापन, असामान्यआवाजनिकाल्नुतथाआाखा ठूलो–ठूलो बनाउनु छारे रोगका लक्षण हुन् । खासगरी आराम गरेको तथा सुतेको बेला देखिने यस्ता लक्षण पाँचमिनेट अथवात्यसभन्दा बढी रहन सक्छन् । त्यसपछि कुकुर फेरि सामान्यअवस्थामाफर्कन्छ । सामान्यअवस्थामाफर्कदा पनि केहीबेरसम्ममानिस नचिन्ने, आँखाकम देख्ने, खानातथापानी धेरै मात्रामाखाने समस्या हुन्छ । छारे रोग ठूला जातका कुकुरमा बढी देखिन्छ ।

उपचार तथा रोकथाम

छारे रोग विभिन्नकिसिमको अवस्थामा फरक तरिकाले देखा पर्छ । समयमाउपचार भएनभने यो रोगकै कारण ज्यानै जान सक्छ । सुरुको उपचार कुकुरलाई यसको असरबाट कसरी बाहिर निकाल्ने भन्ने कुरामा केन्द्रित हुन्छ जसमानिद्रालाग्नेदेखि पीडा कमगर्ने औषधितथा भिटामिनहरू दिन सकिन्छ ।

छारे रोगलागेपछि पूर्णरूपमानिको नहुन सक्छ । त्यसमा दीर्घकालीन रूपमाऔषधि सेवन गराउनुपर्ने हुन्छ ।

वंशानुगत समस्या देखिएको हुँदा घरपालुवाबाट प्रजनन् गराउनु हुँदैन । घरपालुवालाईबन्ध्याकरण गराएर यो रोगको असर कमगर्न सकिन्छ ।

डा.शरद सिंह यादव, एडभान्स्ड पेट हस्पिटल,

विशालनगर, काठमाडौं ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्