सुविधासम्पन्न क्यान्सर हस्पिटल

नारी संवाददाता

असार ४, २०७४

ललितपुरको हरिसिद्धिमा क्यान्सर रोगको पहिचान, उपचार र निदानका लागि अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न  नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर संचालनमा आएको छ । निजीस्तरमा स्थापित यो अस्पतालले क्यान्सरको उपचारका लागि बिदेसिनुपर्ने बाध्यतालाई केही हदसम्म कम गर्ने अस्पताल प्रशासनको दाबी छ । 

८० शय्याको यो अस्पतालले सबै किसिमका क्यान्सर उपचारका लागि आवश्यक सेवा–सुविधा उपलब्ध गराएको र त्यसैअनुरूप दक्ष चिकित्सक तथा प्राविधिकको व्यवस्था गरिएको बताइन्छ । दिनहुँ २० देखि २५ जना क्यान्सरका नयाँ बिरामी उपचारका लागि पुग्ने उक्त अस्पतालको ओपिडी सेवामा नयाँ र पुराना गरी दैनिक ७० जना बिरामीको जाँच हुने गरेको छ । अस्पतालका अनुसार यसको अत्याधुनिक प्रयोगशालाबाट सबै किसिमको क्यान्सर पहिचान हुन्छ । कुनै खास जटिल केसमा मात्र पहिचानका लागि नमुना बाहिर पठाउनुपर्ने हुनसक्छ । यो अस्पतालमा रेडियोथेरापी सेवाका लागि विश्वस्तरीय रेडिएसन मेसिन उपलब्ध छ । सेन्टरका अनुसार यो अस्पतालमा स्तन क्यान्सरका बिरामी धेरै आउँछन् भने फोक्सो तथा पाठेघरको क्यान्सरका बिरामीको संख्या पनि बढिरहेको छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्