असार महिनाको राशिफल

- प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्य

असार ३, २०७४ 

मेष 

कुुनै काम विशेषले यात्रा हुुनसक्छ । पारिवारिक सुुख एवं समृद्धि वृद्धि हुनेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । दाम्पत्य जीवन सुुखमय देखिन्छ । आफ्नो इच्छानुुसारको काम गर्ने मौका मिल्नेछ । जाँगर बढ्नुुका साथै मनको चिन्ता पनि हट्नेछ । स्वास्थ्यसम्बन्धी समस्या समाधान हुुनेछ । बसाइ सराइ पनि हुुनसक्छ ।

 

वृष

अपेक्षित व्यक्तिबाट भनेजस्तो सहयोग प्राप्त हुने छैन । टाउको एवं आँखा दुख्ने समस्याले सताउला । व्यक्तिगत कारणले कुनै पनि काममा भनेजस्तो सफलता मिल्नेछैन । अनावश्यक खर्च हुने योग छ । महिनाको उत्तराद्र्ध अनुुकूूल रहनेछ । व्यक्तिगत कार्य एवं दाम्पत्य जीवन सफल रहनेछ ।

 

मिथुन

कामको चाप बढ्नेछ । थोरै समयमा धेरै काम भ्याउनुुपर्दा शरीर थकित होला । पेटका रोगीहरूले सजग रहनुुपर्ने समय छ । व्यक्तिगत वा कुुनै कामले यात्रा हुुनसक्छ । कसैबाट कुुनै कुुराको अपेक्षा नराखी आफ्नो कार्य आफैले सम्पन्न गर्नुु उत्तम हुन्छ । रिसलाई दबाई धैर्य एवं नम्रतापूूर्वक काम गरे धेरै कुुरामा सफलता हात पर्नेछ ।

 

कर्कट

प्रतिस्पर्धीहरूले दुु:ख दिने प्रयास गर्नसक्छन् । कसैको सहयोगको अपेक्षा नगरे सम्भावित अपजसबाट जोगिन सकिन्छ । आफूले राम्रो गर्दागर्दै पनि अरूको भनाइ खानुुपर्नेछ । दाम्पत्य जीवनमा पनि सामान्य खटपट सिर्जना हुनसक्छ । महिनाको अन्त्यतिर साथीहरूसँग जमघट हुुनेछ । व्यक्तिगत कार्यका लागि समय प्राप्त होला ।

 

सिंह

पारिवारिक सुख–समृद्धि वृद्धि हुनेछ । इच्छा अनुुसार सबै कार्य सफल हुुँदै जानेछन् । कुुनै कामले यात्रा हुुनसक्छ । मान–सम्मान प्राप्त हुनेछ भने आर्थिक पक्ष सुुदृढ रहनेछ । माङ्गलिक कार्यमा सरिक हुुनुुपर्ला । विभिन्न कुुराको लाभ हुुनेछ । नवीन वस्त्र प्राप्तिको योग छ । दाम्पत्य जीवन सुखद् रहला । महिनाको उत्तराद्र्धमा अनपेक्षित विवाद उत्पन्न हुने देखिन्छ ।

 

 

कन्या

कुुनै बहुुप्रतिक्षित कार्यमा सफलता हात पर्नेछ । पारिवारिक वातावरण सुुखमय रहनेछ । आफ्ना प्रिय व्यक्तिसँग रमाइलो समय बिताउने अवसर प्राप्त होला । विशेष कामले यात्रा हुुनसक्छ । सबैबाट अपेक्षित श्रीमान्बाट अपेक्षित सुुख एवं सहयोग मिल्नेछ । व्यक्तिगत एवं पारिवारिक खुुसीका निम्ति केही खर्च गर्नुपर्ने हुुनसक्छ ।

 

तुला 

जाँगरमा कमी आउला । महिनाको उत्तराद्र्ध अनुुकूूल रहनेछ । टाढा भएका घरका सदस्य एवं इष्टमित्रसँग भेटघाट हुनेछ । छोराछोरीले अपेक्षित कार्य गर्नेछन् । विभिन्न कुुराको लाभ हुुनेछ । आर्थिक लाभ हुुनुुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित सुुख एवं सन्तोष प्राप्त होला ।

 

वृश्चिक

कामबाट अपेक्षित परिणाम प्राप्त हुनेछ । पारिवारिक सुुख मिल्नेछ भने सबै कार्य सुुनियोजित ढंगले पूूरा हुुँदै जानेछन् । आर्थिक पक्ष सुुदृढ एवं व्यावसायिक क्षेत्र सफल रहनेछ । नवीन वस्त्र प्राप्तिको योग छ । विभिन्न कुुराको लाभ हुुनेछ । कुुनै विशेष कुुराले प्रसन्नता बढ्नेछ । दाम्पत्य जीवनमा वैचारिक मतभेद सिर्जना हुुनसक्छ ।

 

धनु

आफन्त एवं इष्टमित्रसँग भेटघाट हुनेछ । घुमफिर गर्ने अवसर प्राप्त हुनसक्छ । पारिवारिक सहयोग पनि जुट्नेछ । छोराछोरीले अपेक्षित कार्य गर्नेछन् । उपहार प्राप्त हुुनसक्छ । पेटका रोगीहरूले स्वास्थ्य एवं खानपिनमा विशेष ध्यान पुर्‍याउनुुपर्नेछ । दाम्पत्य जीवनमा विवाद उत्पन्न हुनसक्छ ।

 

मकर

सबै कार्य अपेक्षित रूपले सफल हुनेछन् । चिन्ता हट्नेछ भने जाँगरमा वृद्धि हुनेछ । कार्यक्षेत्रमा प्रगति हुुनेछ । नयाँ–नयाँ सामग्री जोरिने सम्भावना छ । परिवारसँग रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ । प्राय: सबै कार्य सुुनियोजित रूपले कार्यान्वयन हुुनेछन् । दाम्पत्य जीवनमा समझदारी कायम रहला । शैक्षिक क्षेत्र पनि सफल रहनेछ ।

 

कुम्भ

विभिन्न कुुराको जिम्मेवारी आइलाग्नसक्छ । आफ्नै नेतृत्वमा कार्य सम्पन्न भए पनि चित्त 

नबुुझ्नसक्छ । परिवारमा वैचारिक मतभेद सिर्जना हुुनसक्छ । महिनाको उत्तराद्र्ध अनुुकूूूल रहनेछ । व्यक्तिगत खुुुसीका लागि काम गर्ने अवसर जुट्नेछ । कामका साथै स्वास्थ्यको ख्याल गर्नुुपर्ने समय छ ।

 

मीन

पारिवारिक वातावरण सुुखमय रहनेछ । सन्तान लाभ हुुनसक्छ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । काममा अपजस आइलाग्ला । राम्रोसँग तालमेल मिलाउन सके कसैबाट कुुनै गुुनासो हुुनेछैन । स–साना कुुरालाई नजरअन्दाज गरी सकारात्मक हुुन सके शत्रुुले बिगार गर्न सक्नेछैनन् । स्वास्थ्य एवं खानपानमा सजग रहनुुपर्ने समय छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्