छालाको स्याहार

सांघुरो एउटा कोठाबाट शुरु भएको कला हर्बल ब्युटीपार्लरबाट ग्ल्यामर ब्युटी एकेडेमी स्थापना गरी नेपालमै अन्तराष्ट्रिय स्तरको सौन्दर्य शिक्षा प्रदान गर्न सफल मञ्जु दुलालले सौन्दर्यलाई सम्मानित पेशाका रुपमा स्थापना गर्न बिशेष भुमिका निर्वाहा गरेकी छिन् । जिल्लाका गाउं–गाउं पुगेर सौन्दर्य तालिम प्रदान गरेकी यिनी सौन्दर्य कला ब्यावसायी संघको संस्थापक महासचिव पनि हुन् ।

नारी संवाददाता

जेष्ठ २८, २०७४

मञ्जु दुलाल, सौन्दर्यबिद् , कला हर्बल ब्युटीपार्लर

सांघुरो एउटा कोठाबाट शुरु भएको कला हर्बल ब्युटीपार्लरबाट ग्ल्यामर ब्युटी एकेडेमी स्थापना गरी नेपालमै अन्तराष्ट्रिय स्तरको सौन्दर्य शिक्षा प्रदान गर्न सफल मञ्जु दुलालले सौन्दर्यलाई सम्मानित पेशाका रुपमा स्थापना गर्न बिशेष भुमिका निर्वाहा गरेकी छिन् । जिल्लाका गाउं–गाउं पुगेर सौन्दर्य तालिम प्रदान गरेकी यिनी सौन्दर्य कला ब्यावसायी संघको संस्थापक महासचिव पनि हुन् । नेपालमै पहिलो पटक सौन्दर्यकर्मीहरुको हक हित र अधिकारका लागी टे«ड युनियन सम्बद्ध नेपाल ब्युटीपार्लर श्रमिक संघ खोलेकी मञ्जुले यस क्षेत्रमा काम गर्दै जांदा अन्य थुप्रा कुराहरु सिक्ने र महसुस गर्ने अवसर र अनुभव प्राप्त गरेको बताउंछिन् । सौन्दर्य क्षेत्रमा पृथक र सेवामुखी काम गरिरहेकी यिनले नेपाली छालाको स्याहार तथा यसको सौन्दर्य बृद्धिका लागी केही ज्ञान बाडेकी छिन् ।

नेपाली छालाको प्रकृति कस्तो हो ?

–यशियन छाला न धेरै गोरो न धेरै कालो प्रकृतिको छ । जसलाइ संसारमै उत्कृष्ट मानिन्छ । यसको मेकअपमा ज्यादा मेहनत गरिरहन पनि पर्दैन् । तर स्याहार भने राम्ररी गर्नुपर्छ ।

छालाको स्याहार कसरी गर्ने ?

–सौन्दर्य शिक्षाका आफ्नै नियम छन् । क्लिनजिङ, टोनिङ तथा मोस्चराइजिङ अत्यावश्यक हुन आउंछन् । त्यसका अलावा छालाको कान्ति बढाउन बेला–बेलामा प्राकृतिक प्याकहरु ( जस्तै–एलोभेरा, कांक्रो, गोलभेडा, आलु लगायका ) घरमै बनाएर लगाउन सकिन्छ भने समय–समयका डिप क्लिनजिङ, स्क्रबिङ, फेसियल गराइरहनु पर्छ । यसो गर्दा आफ्नो छालाको रंग र प्रकृति हेरीकन सुंहाउदो ट्रिटमेन्ट आवश्यक हुन्छ । बाहिर निस्कंदा सनब्लक लगाउन भुल्नु हुदैन् । 

कस्तो छालालाई कस्तो ट्रिटमेन्ट गर्नुपर्छ ?

–यदि ड्राइ स्किन ( सुख्खा छाला ) छ भने बेलुका सुत्नुअघि अनुहार सफा गरिसकेपछि दुधको तर लगाउन सकिन्छ, केही बेर राखेर सफा पानीले धोइ प्रशस्त मोस्चराईजर लगाउनु उत्तम हुन्छ भने ओयली स्किन ( तैलीय छाला ) का लागी हनी र कागती मिसाइएको प्याकले स्किनलाइ सन्तुलित बनाउन मद्धत गर्छ । चिल्लो बढी आउने छालामा बेला–बेलामा स्क्रबिङ गरिरहने र बाफ लिने गर्दा राम्रो हुन्छ ।

ब्यस्त ब्यावसायिकहरुका लागी छालालाइ चम्किलो र आकर्षक देखाउने सहज तरिका केही छ कि ?

–हो आजकल धेरै प्रतिशत महिला कामकाजी छन् र यसको संख्या पनि बढ्दो छ । यिनीहरुका लागी मेकअप रिमुभर वेट टिस्यु बेस्ट हुनसक्छ । यसले मेकअप निकाल्न होस् या मेकअप गर्नुअघि फेस क्लिन गर्न छिट्टो र सजिलो हुन्छ । ब्यस्तहरुले आजकल बजारमा पाइने इस्टेन्ट प्याकहरु किनेर बेलुका पुस्तक पढ्दा या कम्प्युटरमा काम गर्दै गर्दा पनि लगाउन सकिन्छ जसले कामसंगै स्किन केयर पनि एउटै समयमा सकिन्छ । छुट्टीका दिन घरैमा पनि काम गर्दा–गर्दै बिभिन्न हर्बल तथा फ्रुट्स प्याकहरु बनाएर लगाउन सकिन्छ भने थोरै समय छुट्टयाएर बेलुका सुत्नुअघि क्लिनजिङ, टोनिङ र मोस्चराइजिङ नियमित गर्न सके धेरै समय छुट्टयाएर पार्लर धाइराख्नु पर्दैन छालामा आफसेआफ चमक आउंछ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्