आज विश्व धूमपानरहित दिवस

प्रत्येक वर्ष ३१ मे का दिन विश्व धूमपान दिवस मनाइन्छ । धूमपान दिवसका लागि यो वर्ष ‘सुर्तीजन्य पदार्थको अवैधानिक व्यापार रोकौं’ भन्ने नारा तय गरिएको छ ।

नारी संवाददाता

जेष्ठ १७, २०७४
प्रत्येक वर्ष ३१ मे का दिन विश्व  धूमपान दिवस मनाइन्छ । यो दिवसको मुख्य उद्देश्य धूमपानको सेवनबाट हुने हानि तथा खतराका बारेमा जनमतलाई अवगत गराउनु हो । धूमपान दिवसका लागि यो वर्ष ‘सुर्तीजन्य पदार्थको अवैधानिक व्यापार रोकौं’ भन्ने नारा तय गरिएको छ । सन् १९८७ देखि सुर्तीजन्य पदार्थको जोखिमका विषयमा ध्यान केन्द्रित गर्दै सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने निर्णय गरिएदेखि नै विश्वव्यापी रूपमा यो दिवस मनाउन थालिएको हो । 


धूमपानसँग जोडिएका केही तथ्य 
– विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर सुर्तीजन्य पदार्थको प्रयोगका कारण हरेक वर्ष ६० लाख र आफूले प्रयोग नगरे पनि त्यसको प्रभावका कारण ६ लाख जनाको ज्यान जाने गरेको छ । 
– नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बर्सेनी १५ हजारभन्दा बढी नागरिकको मृत्यु सुर्ती सेवनका कारण हुने गरेको छ । 
– यसको प्रयोग नरोकिए सन् २०३० सम्म ८० लाखले ज्यान गुमाउनुपर्ने र जसमध्ये ८० प्रतिशत न्यून र मध्यम आय भएका देशका नागरिक रहने संगठनले जनाएको छ । 
– विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार विश्वका करिब १ सय २५ देशमा सुर्तीजन्य वस्तुको उत्पादन हुन्छ ।
– दुनियाँभर प्रत्येक वर्ष करिब ५.५ खरब खिल्ली चुरोटको उत्पादन हुन्छ । 
– रिपोर्टका अनुसार दुनियाँभरमा ८० प्रतिशत पुरुष सुर्तीजन्य वस्तुको सेवन गर्छन् । केही देशमा महिलामा पनि धूमपान गर्ने बानी धेरै बढेको छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्