कान्तिका सेजुुवालले देशकै पहिलो महिला मेयर

नारी संवाददाता

जेष्ठ ४, २०७४जुम्लाकी कान्तिका सेजुुवालले देशकै पहिलो महिला मेयरको रेकर्ड बनाउन सफल भएकी छिन् । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएसँगै कान्तिका देशकै पहिलो महिला मेयर बनेकी हुन् ।

 

बुधबार राति सम्पन्न मत गणनामा कान्तिकाले एमालेका शान्तिलाल महतलाई ७११ मत अन्तरले पछार्दै नगरपालिकाको मेयरमा निर्वाचित भएकी हुन् । उनले कुल २ हजार ७ सय ७७ मत पाएकी थिइन । उनको पति कांग्रेसका स्थानीय नेता मानव सेजुवालको २ वर्षअघि विमान दुर्घटनामा परी निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्