विशेषताले जितिन् लिटिल मिस प्लानेटको अवार्ड

नारी संवाददाता

जेष्ठ २, २०७४
 

हालै टर्कीको बोड्रम शहरमा सम्पन्न भएको बालबालिकाहरु सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा मापनको प्रतियोगिता लिटिल मिस एण्ड मास्टर वल्र्ड युनिभर्स २०१७ मा नेपालका तर्फबाट सहभागि भएकी विशेषता बुढाथोकीलाई लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्डमा सफलता हात परेको छ । विश्वका करिब तीन दर्जन मुलुकका बाल बालिकाहरुको सहभागिता रहेको सो प्रतियोतिगामा विशेषताको सहभागितालाई सो प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ई प्लानेट प्रा.लि.ले व्यवस्थापन गरेको हो । विशेषता बालुवाटारस्थित जोन डेवी स्कूलमा कक्षा ५ अध्ययनरत छात्रा हुन् ।

मिडिया ल्याण्डको आयोजनामा संचालन भएको जुनियर ब्याटल अन्तर्गतको लिटिल प्रिन्स एण्ड प्रिन्सेस् २०१७ विधामा सेकेन्ड रनर अप विजेता बनेकी विशेषताको अन्तर्राष्ट्रिय प्रतियोगिताको संयोजन मिडिया ल्याण्डले गरेको हो । सो प्रतियोगितामा सहभागि हुनु पूर्व विशेषताले अन्तर्राष्ट्रिय  प्रतियोगितामा सहभागिता सम्बन्धीत विविध आधारभूत पक्ष र प्रस्तुतिकरणका बारेमा कोरियोग्राफर रोजिन शाक्यसित अभिमुखीकरण कक्षा लिएकी थिइन् । विशेषतालाई स्वजन रघुवंशीले ट्यालेन्ट राउन्डका लागि तयार पारेका थिए भने फेसन डिजाइनरद्वय उत्तम बनेपाली र जानकी श्रेष्ठका पहिरनमा विशेषता सजिएकी थिइन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्