एशिया न्यु स्टार मोडल कन्टेष्टका लागि फेस अफ नेपाल

नारी संवाददाता

जेष्ठ २, २०७४ 

अहिलेको परिप्रेक्षमा नेपालको घरेलु परिवेशमा फेसन र मोडलिङ गतिविधि निकै बढ्दै गएको पाइन्छ । मोडलहरुको व्यावसायिक दायरा पनि प्रभावकारी हुादै गएको अवस्था छ । यसैवीच नेपाली मोडलहरुलाई अन्तर्राष्ट्रिय पहिचान र प्लेटफर्म दिने उद्देश्य अनुरुप राजधानी मोडल प्रतिस्पर्धा सम्पन्न भएको छ । जस अन्तर्गत दक्षिण कोरियाको सुवन सिटीमा संचालन हुने एशिया मोडल फेस्टिबलका लागि फेस अफ नेपाल अर्थात् नेपालका तर्फबाट सहभागिहरु चयन भएका छन् । हालै राजधानी शहरको कर्मा बार एण्ड लाउन्जमा सम्पन्न फाइनल प्रतिस्पर्धामा पुरुष तर्फ प्रविण राना मगर र महिला सन्दिपा लिम्बु विजेता तथा एरिक विक्रम थापा र अरुणी वाइवा फस्ट रनर अपका रुपमा चयन भएका छन् । प्रतियोगितामा वरदान देवान र नेशा बानु सेकेन्ड रनर अप चयन भए ।

 

फेसन अफ नेपालको आयोजनामा सम्पन्न यो प्रतियोगिताका विजेता एवं उपविजेता गरी चार जनाले नेपालका तर्फबाट एशिया न्यु स्टार मोडल कन्टेष्ट २०१७ मा एशियाका अन्य दुई दर्जन मुलुकका मोडलहरुसित प्रतिस्पर्धा गर्नेछन् । एशिया मोडल फेस्टिभल अन्तर्गत आयोजना हुने एशिया न्यु स्टार मोडल कन्टेष्ट एशियाली मुलुकका प्रतिभाशाली मोडल चयन गरी एशिया क्षेत्रमा उनीहरुको व्यवसायिक आधारलाई अझ प्रभावकारी र सशक्त बनाउने उद्देश्य रहेको छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्