एग चटामरी

नारी संवाददाता

वैशाख २९, २०७४ 

लप्टे रेस्टुरेन्ट झम्सीखेल, ललितपुर 

एग चटामरी निकै स्वादिलो परिकारमा पर्छ । यसको स्वाद पनि खुबै मिठो हुने भएकाले आफैले पनि मन लागेको बेलामा घरैमा बनाएर खान सकिन्छ । एग चटामरी बनाउन चाहिने सामग्री आवश्यकताअनुसार तयार गर्ने । 

सामग्री : 

मैदाको पिठो र यसलाई भिजाएर मुछ्नका लागि आवश्यक मात्रामा पानी राख्ने । 

स्वादअनुसार नुन र खुर्सानी ।

अदुवा र लसुनको पेस्ट । 

जिराका धूलो । 

अण्डा ।

धनियाँ ।

विधि :

मैदाको पिठोलाई राम्ररी मुछ्ने । मुछेको पिठोमा अण्डा, लसुन र अदुवाको पेस्ट, जिराको धूलो, नुन र खुर्सानी स्वादअनुसार, धनियाँ सबै राम्ररी मिश्रण गरी केही समयका लागि त्यत्तिकै राख्ने । यसपछि तातेको ताबामा अघि तयार गरेको मैदाको पिठो र अण्डालाई ताबामा फिँजाएर केही समय छोप्ने । मधुरो आगोमा छ मिनेटसम्म पकाएपछि चटामरी एग खानका लागि तयार हुन्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्