आमाकै कारण खेलाडी भएँ

सिर्जना दुवाल श्रेष्ठ

वैशाख २५, २०७४ रेजिना कार्की, तेक्वान्दो खेलाडी

आमा : गीता कार्की
म आज खेलाडीका रूपमा चिनिनुमा मेरी ममीको हात छ । अझै पनि सम्झन्छु, होमवर्क नगरी खेल्न दगुरेको । यसरी खेल्न जाँदा ममीले कहिल्यै गाली गर्नुभएन । ममीका धेरै जना साथी तेक्वान्दो खेलाडी थिए । त्यसैले पनि मलाई ५ वर्षकै उमेरमा ममीले तेक्वान्दोमा भर्ना गरिदिनुभयो । मलाई पनि सानैदेखि यो खेल खेल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।

 

म खेलमा यति क्रेजी थिएँ कि स्कुल ड्रेसको भित्र तेक्वान्डो ड्रेस लगाएर समेत जान्थें । मेरो खेलप्रतिको रुचि ड्याडीलाई त्यतिबेला खासै मन पर्दैनथ्यो तर ममीकै कारण मैले रोकिनुपरेन । खेल्दा कतिपल्ट हातखुट्टा भाँचिए तर ममीले नखेल भन्नुभएन । परिवारमा हामी ४ जना छोरी थियौं । आफन्तहरूले छोरा छैन भनेर कुरा काट्थे तर बुवा–ममीले कहिल्यै हामीप्रति भेदभावपूर्ण व्यवहार गर्नुभएन ।

 

ममीले सधै मेरा छोरीहरू कुनै छोराभन्दा कम छैनन्, केही गरेर देखाउनुपर्छ भन्नुहुन्थ्यो । त्यसैले पनि मेरो मनमा सधैं राम्रो खेल्छु भन्ने सोच आउँथ्यो । ममीले पनि समाजले काटेका कुनै कुरामा ध्यान नदिई मेरो खेलप्रतिको रुचि पूरा गरिदिनुभयो । म ममीसँग हरेक कुरा निसंकोच खोल्न सक्छु । उहाँ मेरो खेललाई जति प्रोत्साहन दिनुहुन्छ त्यति नै गलत काममा सिपाही बनेर पहरेदारी पनि गर्नुहुन्छ । ममीको यही व्यवहारले नै ममा के गर्नुहुन्छ, के गर्नुहुँदैन भन्ने चेतना आएको हो । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्