श्रृगारघरको एक दिने व्युटीसियन सेमिनार र सम्मान

नारी संवाददाता

वैशाख २२, २०७४ 

श्रृगारघरले बिहिवार पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा एक दिने व्युटीसियन सेमिनारे सम्पन्न गरेको छ । न्यु लुकको सहयोगमा आयोजित उक्त सेमिनारमा सौन्दर्य क्षेत्रमा अव्वल र सौन्दर्य क्षेत्रलाई अगाडि बढाउन नजिकबाट सहयोग र सल्लाह दिने व्यक्तिहरुलाई श्रृगारघरले सम्मान गरेको छ । जस्मा, गीता शाहा, पुष्पा पोख्रेल, करुणा पुरी,  सर्मिला श्रेष्ठ, लक्ष्मी पौडेल, शारदा श्रेष्ठ, फोटो पत्रकार नवराज वाग्ले, राजश्री श्रेष्ठ, नारायण नापित सम्मानित भएका छन् । उक्त सेमिनारमा नयाँ स्टाइलको रेम्बो हाइलाइट, मिनिरल मेकअपका बारेमा जानकारी गराइएको थियो । रोयल स्टाइलको साडीमा कस्तो मेकअप प्रभावकारी हुन्छ भन्ने बारेमा सौन्दर्य व्यवसायमा आवद्ध र सिक्दै गरेका सौन्दर्यकर्मीहरुमाझमा सेमिनार सिमित थियो । 

तस्विरहरु : नवराज वाग्ले 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्