विश्वका धनाढ्य महिला

सम्पत्तिले मानिसको जीवनमा ठूलो अर्थ र महत्व राख्छ । यो शक्तिको एउटा सशक्त पाटो हो । शक्तिशाली हुनुको मापदण्डभित्र अर्थ सम्भवत: नम्बर–एकमै पर्छ । सम्पत्तिमाथि संसारभर नै पुरुषको वर्चस्व हुन्छ भन्ने मान्यता विपरीत आर्थिक रूपमा शक्तिशाली महिलाको संख्या निरन्तर बढ्दैछ ।

लक्ष्मी भण्डारी थापा

वैशाख १९, २०७४  

सन् २०१७ मा गतवर्षको तुलनामा धनाढ्य महिलाको संख्या १ सय ९७ बाट १ सय ९० मा झरेको छ । विश्वभरका १८ सय १० जना फिगर फरच्युनमध्ये महिलाले १० प्रतिशत स्थान सुरक्षित गरेका छन् । विगत ६ वर्षको इतिहास हेर्दा कतिपय महिला अर्बपतिको मृत्यु भैसकेको छ भने कतिपयको सम्पत्ति १ बिलियन अमेरिकी डलरको हाराहारीमा देखिन्छ । संसारभरमा अहिले २७ जना महिला अर्बपति छन् ।

 

महिलाहरू तब सशक्त हुन्छन् जब उनीहरू आर्थिक रूपमा सबल हुन्छन् । सम्पत्तिले मानिसको जीवनमा ठूलो अर्थ र महत्व राख्छ । यो शक्तिको एउटा सशक्त पाटो हो । शक्तिशाली हुनुको मापदण्डभित्र अर्थ सम्भवत: नम्बर–एकमै पर्छ । सम्पत्तिमाथि संसारभर नै पुरुषको वर्चस्व हुन्छ भन्ने मान्यता विपरीत आर्थिक रूपमा शक्तिशाली महिलाको संख्या निरन्तर बढ्दैछ ।

 

सन् २०१७ मा गतवर्षको तुलनामा धनाढ्य महिलाको संख्या १ सय ९७ बाट १ सय ९० मा झरेको छ । विश्वभरका १८ सय १० जना फिगर फरच्युनमध्ये महिलाले १० प्रतिशत स्थान सुरक्षित गरेका छन् । विगत ६ वर्षको इतिहास हेर्दा कतिपय महिला अर्बपतिको मृत्यु भैसकेको छ भने कतिपयको सम्पत्ति १ बिलियन अमेरिकी डलरको हाराहारीमा देखिन्छ । संसारभरमा अहिले २७ जना महिला अर्बपति छन् ।
फोब्र्स म्यागजिनद्वारा सार्वजनिक सन् २०१७ का धनाढ्य महिलाहरूमा लिलियन बेटेन कोर्टको नाम अग्रपंक्तिमा छ भने धनाढ्य पुरुषहरूसँगको प्रतिस्पर्धामा उनी एघारौं स्थानमा छिन् ।

 

फ्रान्सकी ९४ वर्षीया बेटेन कोर्टको आम्दानीको मुख्य स्रोत विश्व प्रसिद्ध कस्मेटिक्स ब्रान्ड लोरियल हो । उनीसँग रहेको ३९ दशमलव ५ अर्ब अमेरिकी डलरले उनलाई विश्वकै सर्वाधिक धनाढ्य महिलाको सूचीमा समावेश गरेको हो । खास नाम लिलियन हेनरिते चार्लोते बेटेन कोर्ट भएकी यिनको जन्म फ्रान्सको पेरिसमा भएको थियो । ५ वर्षकै उमेरमा आमा गुमाएकी लिलियन आफ्ना बुबाको छत्रछायाँमा हुर्किएकी एकल सन्तान हुन् । १५ वर्षको उमेरदेखि नै लोरियलका संस्थापक बुवा लुइस मेडेलेइन बेर्थेको कम्पनीमा काम गर्न थालेकी बेटेन सुरुवाती दिनमा कस्मेटिक मिक्सिङ गर्ने तथा स्याम्पुका बोतलमा लेबलिङ गर्ने काम गर्थिन् ।

 

सन् १९५० मा फ्रान्सका राजनीतिज्ञ एन्ड्रे बेटेन कोर्टसँग वैवाहिक जीवनमा बाँधिएकी लिलियनकी एकमात्र छोरी फ्रान्कोइस सन् १९५३ मा जन्मिएकी हुन् । सन् १९५७ मा बुवाको मृत्युपछि लोरियललाई विश्वभर पुर्‍याउने काम गरेकी बेटेन कोर्टले आफ्नो सम्पत्तिमध्ये ३ प्रतिशत नेस्टलमा लगानी गरिन् । सन् २०१२ फेब्रुवरी १३ का दिन लिलियनले आफ्ना नाति जिन भिक्टोरलाई लोरियलको बोर्ड अफ डाइरेक्टरको पदभार सुम्पिइन् । सन् २००७ मा लेखक, कलाकार तथा सेलिब्रेटी फोटोग्राफर फ्रान्कोइस मारीसँगको लभ अफेयर्सका कारण मिडिया गसिपको सिकार भएकी बेटेनले उक्त कुराको कडा प्रतिवाद गरेकी थिइन् ।

 

विश्वकै दोस्रो धनाढ्य महिलामा आफ्नो वर्चस्व कायम राखेकी एलिस वाल्टनको कुल सम्पत्ति ३३ दशमलव ८ अर्ब अमेरिकी डलर छ । ६७ वर्षकी वाल्टनको मूल आयस्रोत वाल–मार्ट बिजनेस हो । संसारभरका धनाढ्यहरूको सूचीको १७ औं नम्बरमा रहेकी एलिस अमेरिकी नागरिक हुन् । गतवर्षको तुलनामा ७ दशमलव १ अर्ब तल खस्किएको उनको व्यापार वाल–मार्टको सेयर तल झरेपछि ओरालो लागेको हो ।

 

आफ्ना पिता साम वाल्टनले सन् १९६२ मा स्थापना गरेको मेगा सुपरस्टोर चेन वाल–मार्टलाई सही ढंगले अघि बढाउन नसकेका आफ्ना दाजुभाइ रोब र जिमप्रति उनी दु:खी रहेको समाचार पनि सार्वजनिक भएको थियो । एलिसले अहिलेसम्म यसलाई जोगाएर राख्ने मात्र होइन वालमार्टमा वर्चस्व जमाउने कामसमेत गर्दै आएकी छिन् । एलिसले आर्ट कलेक्सनमार्फत हिलारी क्लिन्टनको प्रेसिडेन्सियल क्याम्पेनलाई २५ हजार अमेरिकी डलर सहयोग गरेकी थिइन् ।

 

तेस्रो धनाढ्य महिला अमेरिकाकै ७७ वर्षीया ज्याकलिन मार्स जनावरका लागि खाद्यान्न (पेट फुड) तथा क्यान्डी व्यवसायकी टाइकुन हुन् । आफ्ना बुवाको मृत्युपछि उनी र उनका दाजु मिलेर सन् १९९९ मा सुरु गरेको यो व्यवसायले आज वार्षिक रूपमा ३३ अर्ब अमेरिकी डलर बराबरको कारोवार गर्छ । गतवर्षको तुलनामा ३ दशमलव २ अर्बले तल झर्दै २७ अर्ब अमेरिकी डलरको हकदार बनेकी ज्याकलिन यो उमेरमा पनि अत्यन्तै फेसनेबल र स्टाइलिस्ट देखिन रुचाउँछिन् ।

 

संसारकै चौथो धनी महिला हुन्–इटालीकी मारिया फ्रान्सा फिसोलो । ८२ वर्षीया मारिया संसारका धनाढ्यहरूको सूचीको २९ औं नम्बरमा छिन् । नटेला चकलेट उत्पादन कम्पनीकी यी मालिक्नीलाई फोब्र्सले सुन्दर महिला पनि भनेको छ । इटालीको मोन्टे कार्लो मोनाकोकी बासिन्दा मारियाको कुल सम्पत्ति २६ दशमलव ३ अर्ब अमेरिकी डलर छ । दुई सन्तानकी आमा मारियाका ५ जना नातिनातिना छन् । मिसेल फेरेरोकी विधवा मारिया फेरेरो गु्रपलाई अग्रपंक्तिको स्विट्स कम्पनीमा स्थापित गर्न सफल छिन् ।

 

जर्मनीकी सुसाने क्लाटेन बिएमडब्ल्यु तथा फर्मास्युटिकल्स व्यापारमा सफलता प्राप्त गर्ने महिला हुन् । जर्मनीकै प्रथम धनाढ्य ५४ वर्षीया सुसाने संसारभरका धनाढ्य महिलामध्ये पाँचौं स्थानमा छिन् । जर्मनीको ब्याड हामबर्ग निवासी क्लाटेनले एमबीएसम्मको अध्ययन पूरा गरेकी छिन् । तीन सन्तानकी आमा सुसानेले बुवाको मृत्युपछि फर्मास्युटिकल्स तथा केमिकल मेनिफ्याक्चरको ५० दशमलव १ प्रतिशत तथा बिएमडब्ल्युको १२ दशमलव ५० प्रतिशत शेयर प्राप्त गरेकी थिइन् । हाल सुसानेसँग २० दशमलव ४ अर्ब अमेरिकी डलर छ ।

 

विश्वका टप–टेन धनाढ्य महिला

१)     लिलियन बेटेन कोर्ट (फ्रान्स)
    आयस्रोत : कस्मेटिक ब्रान्ड लोरियल
२)    एलिस वाल्टन (अमेरिका)
     आयस्रोत : वालमार्ट
३)    ज्याकलिन मार्स (अमेरिका)
    आयस्रोत : पेट फुड तथा क्यान्डी
४)    मारिया फ्रान्सा फिसोलो (इटाली)
     आयस्रोत : नटेला चकलेट
५)    सुसाने क्लाटेन (जर्मनी)
    आयस्रोत : बिएमडब्ल्यु
तथा     फर्मास्युटिकल्स
६)    लउरेन पोवेल जब्स (अमेरिका)
    आयस्रोत : द वाल्ट डिज्ने कम्पनी
७)    गिना रिनेहार्ट (अस्ट्ेरलिया)
    आयस्रोत : मिनरल एन्ड
एक्सप्लोरेसन कम्पनी
८)    अबिगेल जोहनसन (अमेरिका)
    आयस्रोत : फिडेलिटी इन्भेस्टमेन्ट
९)    आइरिस फोन्टबोना (चिली)
    आयस्रोत : तामा उत्पादन तथा विभिन्न कम्पनी
१०)     बेट हेजिटेर (जर्मनी)
    आयस्रोत : डिस्काउन्ट
सुपरमार्केट चेन अल्दी

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्