मिस टिन ग्लोब बनिन् आस्था शाह

नारी संवाददाता

वैशाख ५, २०७४ 

गत वैशाख २ गते शनिबार सम्पन्न टिनएज युवतीहरुमा लक्षित सौन्दर्य प्रतियोगितामा आस्था शाहले मिस ब्युटिफुल उपाधि सहित प्रतियोगिताको विजेताको ताज पहिरिएकी छिन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न यस प्रतियोगितामा सुवर्णा सिंखडा मिस ट्यालेन्ट र मस्ट फोटोजेनिक अवार्ड सहित फष्ट रनर अप, फेशन आइकनको अवार्ड सहित रेशिमा थापा सेकेण्ड रनर अप र पुजा आचार्य युथ विथ रेस्पोन्सिबिलिटी अवार्ड सहित थर्ड रनर अपका रुपमा चयन भएका थिए । प्रतिस्पर्धामा सजिता दाहाल फोर्थ रनरका साथमा मस्ट आइकोनिक आइज उपाधिका विजेता छनौट भएकी थिइन् ।

 

स्टार वन् इन्टरटेन्मेन्टको आयोजनामा संचालन भएको सो प्रतियोगिता गीत र नृत्यजस्ता विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न भएको थियो । प्रतियोगितामा दिपिका खड्का मस्ट पपुलर , व्युटि विथ पर्पस र बेष्ट पर्सनालिटी, जेमिना घिसिङ फेसबुक च्वाइस, वेस्ट स्पिच र मिस क्याटवक, सिमा लामा सोसियली रेस्पोन्सिबल, कृष्टिना सापकोटा भ्युवर्स च्वाइस, रुसाली अधिकारी बेस्ट स्माइल, सलिना मर्हजन वेस्ट हेयर, वर्षा कोइराला बेस्ट स्कीन, समिता तामाङ बेस्ट डिसिप्लीन, अस्मिता दंगाल वेस्ट फिजिक, संरचना विश्वकर्मा मस्ट फिटनेस र सुनिता थापा मगर मस्ट फ्रेण्डली चयन भएका थिए ।

 

यसैगरी कञ्चन मगर मिस कन्जिनियालिटी, सञ्चली प्रधान मस्ट चार्मिङ, प्रसस्ना श्रेष्ठ मस्ट एक्टिभ तथा अनिषा स्थापित,  पासाङ ल्यामु शेर्पाले म्यानेजमेन्ट च्वाईस, आयुष्मा महर्जन मस्ट पर्फेक्ट, जेमिना घिसिङ मस्ट डिजर्भिङ, शर्मिला तामाङ सोशल वेलफेयर एम्वेस्डर, नुजा कार्की मस्ट पोजेटिभ एटिच्युड, मिङ ह्याल्मो बेस्ट सिंगर, श्रुति महर्जन बेस्ट डान्स र स्वस्ती दंगाल मस्ट क्रिएटिभ चयन भएका थिए । प्रतियोगिता अश्विनी झाको कोरियोग्राफीमा संचालन भएको थियो ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्