वैशाख महिनाको राशिफल

प्रीति आत्रेय ज्ञवाली

वैशाख ३, २०७४  

मेष
विभिन्न काममा व्यस्त रहनुुपर्नेछ । सानातिना कामका लागि पनि आफै खट््नुुपर्ला । कुुनै काम विशेषले यात्रा हुुनसक्छ । मालसामान हराउने सम्भावना छ । कामका साथसाथै आफ्नो स्वास्थ्य एवं खानपिनमा ध्यान दिनुुपर्ने समय छ । आफ्नो व्यक्तिगत कार्यका लागि केही समय छुुट्याउन सके उत्साह एवं जाँगर बढ्नसक्छ । 

 

वृष
साथीहरूसँग जमघट हुुनेछ । ९ गतेसम्मको समय असहज हुुनसक्छ । काम गर्दा सजगता अपनाउनुुहोला । कसैसँग जिस्किनु एवं ख्यालठट्टा गर्नुु उपयुुक्त हुुँदैन किनभने सानो कुुराले उग्र रूप लिनसक्छ । दाम्पत्य जीवनमा समझदारी रहनेछ । आर्थिक पक्ष सुुदृढ होला । कुुनै कुुराको लाभ हुुनेछ । 

 

मिथुन
प्रयोजनपूर्ण यात्रा हुुनसक्छ । अभिनन्दित हुने अवसर जुट्नेछ । जहाँ गए पनि मान–सम्मान एवं सत्कार प्राप्त हुनेछ । पुण्यकार्यमा रुचि बढ्नेछ । माङ्गलिक कार्यमा संलग्न हुुने अवसर जुट्नेछ । प्रियजनसित भेटघाट होला । अनपेक्षित विवाद हुुने सम्भावना छ ।

 

कर्कट
पारिवारिक वातावरण सुुखमय रहनेछ । परिवार वा इष्टमित्रमा कसैको विवाह हुुनेछ भने कसैलाई सन्तान लाभको योग छ । सानातिना समस्या उत्पन्न भए पनि सबैको सहयोगमा समस्या समाधान हुुनेछन् । पुण्यकार्यमा मन जानेछ । कुुनै कुुराको लाभ हुुनसक्छ । दाम्पत्य जीवन सुखमय रहला । लेनदेनमा सजग रहनुहोला । 

 

सिंह
सानातिना कुुराले काममा बाधा खडा गरे पनि धेरै काममा सफलता हात लाग्नेछ । अनावश्यक खर्च हुुने योग छ । छोराछोरीका तर्फबाट राम्रो समाचार प्राप्त हुनसक्छ । कुुनै कामले आपूूmबाट टाढा भएका परिवारजनसित भेटघाट होला । आर्थिक एवं व्यावसायिक पक्ष सुुदृढ रहनेछन् । स्वास्थ्य एवं खानपिनमा विशेष ध्यान दिनुुपर्ने समय छ । 

 

कन्या
आपूूmले गरेको कामको परिणाम के होला भनेर मनमा द्विविधा उत्पन्न हुुनसक्छ । अरूले भने–गरेका राम्रो कुुरा पनि चित्त बुुभ््mनेछैन । शान्त एवं सकारात्मक रहने प्रयास गर्नुुहोला । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ भने पारिवारिक सहयोग जुट्नेछ । छोराछोरीबाट पनि सन्तोष होला । दाम्पत्य सम्बन्धमा विवाद उत्पन्न हुनसक्छ । 

 

तुला 
इष्टमित्र एवं साथीभाइसँग भेटघाट गर्ने अवसर जुुट्नेछ । परिवारमा वैचारिक मतभेद हुुनसक्छ । कसैकसैको प्रेम सम्बन्धले विवाहको रूप लिनसक्छ । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । काममा अपजस आइलाग्ने भएकाले कार्यक्षेत्रमा सक्रिय रहनुुहोला । कामका साथसाथै खानपानमा पनि ध्यानदिनुुपर्ने समय छ ।

 

वृश्चिक
परिवारका सदस्यहरूसँग रमाइलो समय बिताउने अवसर जुट्नेछ । जोस–जाँगर बढ्नुुका साथै चिन्ता पनि हट्नेछ । आफ्नो इच्छा अनुुसार काम गर्ने अवसर प्राप्त होला । व्यक्तिगत कार्यमा सफल भइएला । सभा–समारोहहरूमा सहभागी हुुनुुपर्नेछ । अभिभावकहरू सँग वैचारिक मतभेद हुुनसक्छ । दाम्पत्य जीवनमा सामान्य खटपट परिरहनेछ । 

 

धनु
आफन्त एवं इष्टमित्रहरूसित भेटघाट हुनेछ । पारिवारिक सुुखका निम्ति सम्झौता गर्नुुपर्नेछ । प्राय: सबै कार्य आफ्नै निगरानीमा सम्पन्न हुुनेछन् । प्रतिस्पर्धीले दुु:ख दिने प्रयास गरे पनि सफल हुुनेछैनन् । यात्रा गर्दा एवं सवारी चलाउँदा सजग रहनुहोला । स्वास्थ्य एवं खानपानमा ध्यान पुर्‍याउन सके शरीर स्फुर्त रहनेछ । 

 

मकर
घरायसी कुुरालाई लिएर परिवारमा छलफल हुुनसक्छ । प्राय: सबै कार्य आफूअनुुकूूल हुुनेछन् । जीवनसाथीबाट अपेक्षित सहयोग एवं सद््भाव प्राप्त हुनेछ । आर्थिक पक्ष सुुदृढ रहनुुका साथै विभिन्न कुुराको लाभ होला ।  व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । आपूूmलाई चित्त नबुुझेको कुुरा बेलैमा बुुझाउन सके सबैले आफ्नो इच्छाको कदर गर्नेछन् । 

 

 

कुम्भ
पारिवारिक सुुख प्राप्त हुनेछ । घरको वातावरण पनि अनुुकूूल रहनेछ । इच्छानुुसार समययापन गर्ने मौका मिल्नेछ । चिन्ता हट्नेछ भने शरीर पनि स्फुर्त रहनेछ । आर्थिक पक्ष सुुदृढ रहला । बसाइ सराइको सम्भावना छ । दाम्पत्य जीवनमा अपेक्षाअनुुरूपकै सहयोग, माया, सद्भाव एवं समझदारी कायम रहनेछ । सन्तानबाट सुुख प्राप्त हुुनेछ । 

 

मीन
घुुमघाम गर्ने अवसर जुट्नेछ । थोरै समयमा धेरै काम भ्याउनुुपर्दा व्यस्त भइएला । व्यक्तिगत कार्यमा सफलता प्राप्त हुनेछ । आफ्नो खुुसीका लागि केही खर्च हुुनसक्छ । दाम्पत्य जीवनमा सामान्य ठाकठुुक परे पनि मायाप्रीति भने यथावत् रहनेछ । स्वास्थ्य एवं खानपानमा विशेष ध्यान नपुर्‍याए समस्या सिर्जना हुनसक्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्