ग्यास सेफ्टी डिभाइस बजारमा

नारी संवाददाता

चैत्र २४, २०७३  

ग्यासको लेबल हेर्न, लिकेज भए नभएको थाहा पाउन, पाइप प्वाल परे, रेगुलेटर फुटे, प्रेसर कुकर पड्किँदा, चुल्हो भाँचिने आदि समस्याबाट जोगिन ग्यास सेफ्टी डिभाइस बजारमा आएको छ । ६ वर्षअघि धापासीमा स्थापना भएको अग्नि सेफ नेपालले यो डिभाइस नेपाल भित्राएको हो । अस्ट्ेरलियन टेक्नोलोजीको यो डिभाइस भारतमा बन्ने गरेको छ । ग्यास पड्केर हुने मृत्युबाट जोगिन पनि यो डिभाइस उपयोगी हुने दाबी कम्पनीको छ । यसले ग्यासको लेबल कति छ भन्ने जानकारी पनि दिन्छ । ३ वर्षको वारेन्टी भएको यो डिभाइस ग्यास ब्लक हुँदा अटोमेटिक अफ भएर दुर्घटना हुन दिँदैन ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्