असम्भव केही छैन

सिर्जना दुवाल श्रेष्ठ

चैत्र २१, २०७३  

अशक्तता कठिनाइहरूसँग बहादुरीपूर्वक गरिने संघर्ष होइन,  यो सिपालु भै जिउने कला हो ।
नेल मार्केस, कलाकार

नेल मार्केसको माथिको भनाइ आत्मसात् गरी घरपरिवारले हौसला तथा वातावरण प्रदान गर्न सके अशक्त व्यक्तिहरूले पनि कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सक्छन् । यद्यपि हाम्रो समाजले शारीरिक एवं बौद्धिक रूपमा अपाङ्ग व्यक्तिहरूलाई जानीनजानी थप अशक्त बनाइरहेको छ । तिमी असक्षम छौ, तिमीले केही गर्न सक्दिनौ, तिमी हाम्रो दयाका पात्र हौ भनेर परिवारले नै उनीहरूलाई बाहिर ल्याउन वा बाहिर देखाउन चाहँदैन । त्यसैले शारीरिक तथा मानसिक अशक्तहरू तिक्तताको जीवन बिताउन बाध्य हुन्छन् ।

 

सबल व्यक्तिहरू नै प्रतिस्पर्धा गरेर जिउन कठिन यो समयमा शारीरिक रूपमा अशक्तहरूले के नै गर्लान् र ? भनेर सोच्नु ठूलो कुरा होइन तर शारीरिक रूपमा अशक्त हुँदैमा केही गर्नै सकिँदैन भनेर सोच्नु पनि गलत हो । विश्वकै इतिहास केलाउने हो भने पनि शारीरिक तथा बौद्धिक अपाङ्गहरू विभिन्न क्षेत्रमा अब्बल ठहरिएका धेरै उदाहरण छन् । दृष्टिविहीन महाकवि होमरको नाम आज विश्वभर श्रद्धापूर्वक लिइन्छ । भौतिक शास्त्री स्टेफिन हकिंग्स एम्योट्रोफिक लेटेरल स्केलोसिसबाट ग्रसित छन् ।

 

भारतीय कलाकार तथा भरतनाट्यमकी सुधा चन्दन पनि दुर्घटनाबाट दायाँ खुट्टा गुमाएकी महिला हुन् । कम्पोजर तथा गायक स्टेभी बन्डर दृष्टिविहीन हुन् । कला सर्जक मार्ली मेटलिन सुन्न तथा बोल्न सक्दैनन् । लेक्चरर, लेखिका एवं पोलिटिकल एक्टिमिस्ट हेलेन किलर दृष्टिविहीन छिन् भने उनी बोल्न र सुन्न पनि सक्दिनन् । अमेरिकी धावक मार्ला पनि आँखा देख्दिनन् । उनले ५ हजार मिटर दौडमा ३ पटकसम्म राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । एथलेट, कलाकार तथा मोडल एम्मी मुलिङका दुवै खुट्टाका तलका भाग छैनन् । निकै सुन्दर एम्मीले कृत्रिम खुट्टाको सहायताले आफ्नो काममा सफलता हासिल गरेकी छिन् । यस्ता थुप्रै व्यक्ति छन्, जो शारीरिक तथा मानसिक रूपमा अशक्त छन् तर उनीहरू आफूमा भएको प्रतिभालाई बाहिर ल्याई समाजमै उदाहरणीय बनेका छन् । 

 

नेपालको सन्दर्भमा अहिले पनि छोरी जन्मदा नाक खुम्च्याउने चलन छ । यस्तो समाजमा छोरीहरू अशक्त (आँखा नदेख्ने, हातखुट्टा नचल्ने, बोल्न नसक्ने, लुराजस्ता) जन्मदा पारिवारिक तथा सामाजिक तिरस्कारसम्म सहनुपर्ने हुन्छ । शारीरिक तथा बौद्धिक रूपमा अपाङ्गलाई सहयोग गर्नुपर्छ, प्रेरणा र अवसर दिनुपर्छ’ जस्ता भनाइ प्रशस्तै सुनिन्छ तर व्यवहार भने ठीक विपरीत हुने गरेको छ । सृष्टि केसीको अनुभवमा शारीरिक अपाङ्गहरूले विभेदको सिकार हुनुपर्छ ।

 

अहिले समाजमा तुलनात्मक रूपमा यस्ता व्यक्तिहरूका लागि अवसर र हौसला दिने संस्था तथा व्यक्तिहरूको संख्या बढ्दो छ । मस्तिष्क रोगबाट पीडित झमककुमारी घिमिरेदेखि बास्केटबल, क्रिकेट, नृत्य आदि विभिन्न विधामा शारीरिक तथा मानसिक रूपमा अशक्तहरूको सहभागिता उत्साहपूर्ण छ । उनीहरूलाई प्रेरणा दिएर, बाटो देखाएर एवं हौसला दिएर उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने बाटो खोलिदिनुपर्छ । यस्ता व्यक्तिहरूका विषयमा अरूले कुरा गर्ने मात्र नभै काम गर्ने वातावरण बनाइदिनुपर्ने कलाकार रश्मि अमात्यका श्रीमान् हरि अधिकारी बताउँछन् । संसारमा कोही पनि अयोग्य हुँदैनन् तर को के कुरामा योग्य छ पत्ता लगाएर उसका लागि त्यहीअनुसार वातावरण जुटाइदिने व्यक्तिको चाहिँ अभाव हुने अधिकारीको तर्क छ ।

 

विजया श्रेष्ठ, पाटन सीबीआर तथा  बौद्धिक अपा·ता आमा समूह

अशक्तहरूले के नै गर्लान् र ? भनेर सोच्नु ठूलो कुरा होइन तर शारीरिक रूपमा अशक्त हुँदैमा केही गर्नै सकिँदैन भनेर सोच्नु पनि गलत हो । विश्वकै इतिहास केलाउने हो भने पनि शारीरिक तथा बौद्धिक अपा·हरू विभिन्न क्षेत्रमा अब्बल ठहरिएका धेरै उदाहरण छन् । दृष्टिविहीन महाकवि होमरको नाम आज विश्वभर श्रद्धापूर्वक लिइन्छ । 

 

डेढ दशकको अनुभवमा मैले बौद्धिक अपाङ्ग तथा शारीरिक अपाङ्गहरूले स्नेह, वातावरण तथा आफ्नो प्रतिभाको सही पहिचान गर्न पाए जे पनि गर्न सक्छन् भन्ने देखें । यस्ता सन्तानलाई बाहिर देखाउन नचाहने अभिभावकहरू पनि उत्तिकै पाएँ । यद्यपि सीबीआरमा आएका यस्ता व्यक्तिहरू कुनै न कुनै आफ्नो प्रतिभा देखाउन सक्षम छन् । रीता दुवाल, मुकेश महर्जन आदि यसका उदाहरण हुन् । उनीहरूलाई हाम्रो समूहबाट व्यावसायिक कक्षाहरू पनि दिइरहेका छौं जहाँ उनीहरू आफै आय आर्जनका लागि खटिरहेको पाइन्छ । यी व्यक्तिहरूको प्रयास हेर्दा भन्नैपर्छ–असम्भव केही छैन, मात्र हामीले उचित वातावरण तयार पारी उनीहरूलाई सहयोग गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्