‘ब्युटिसियन नेपाल – २०१७’का ३१ प्रतिस्पर्धीले देखाए अफ्नो प्रतिभा

नारी संवाददाता

चैत्र २१, २०७३ 

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘ब्युटिसियन नेपाल – २०१७’ तेस्रो सिजनका लागी ३१ जना अन्तिम प्रतिस्पर्धाका लागी छनौट भएका छन् । केही दिन अगाडी काठमाडौको सि–डब्लु होटलमा ‘ब्युटिसियन नेपाल – २०१७’को ट्यालेन्ट शो सम्पन्न भएको छ । छनौट भएका ३१ प्रतिस्पर्धीले नृत्य, कविता, गीत गायन तथा अन्य धेरै प्रतिभाहरु देखाएका थिए । सधै वर्षहरुमा जस्तै यस वर्षका प्रतिस्पर्धीहरु धेरै ट्यालेन्टेड भएकाले छनौट गर्न गाह्रो परेको एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले बताइन् । 

 

महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले ‘ब्युटिसियन नेपाल – २०१७’को आयोजना गरिएको  एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए । चैत २६ गते काठमाडौ मलको ग्लालेक्सी हल काठमाडौमा फाइनल हुन लागेको प्रतियोगितामा एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्