घरपालुवाका लागि फिनाइल विष समान

नारी संवाददाता

चैत्र १५, २०७३

हामीमध्ये धेरैले आफ्नो घर कम्पाउन्डको सफाइ फिनाइलले गर्छौं, खास गरी कुकुरको दिसा–पिसाब तथा उसको खोर सफा गर्न फिनाइल प्रयोग गर्छौं । हामीमध्ये कतिपयलाई थाहा नहुन सक्छ–फिनाइलको थोरै मात्रा पनि घरपालुवाका लागि विष समान हुन्छ । फिनाइल मिसाएको थोरै पानी खाए घरपालुवाको ज्यानै जान सक्छ । यसले छाला र आँखामा तुरुन्त असर गर्छ । त्यसैगरी फिनाइल मिसाइएको पानी खाए लिभर र किड्नीलाई १२ देखि २४ घन्टाभित्रै क्षति पुग्छ । यसले मस्तिष्कलाई समेत असर गर्छ ।

 

लक्षणहरू

  • छिटोछिटो सास फेर्नु, छटपटाउनु, र्‍याल काढ्नु, बान्ता गर्नु, आँखा रातो हुनु, हरियो तथा कालो पिसाब गर्नु, मूर्छा पर्नु आदि ।
  • उपचार के गर्ने ?
  • थाहा पाउनेबित्तिकै पानी, दूध अथवा अण्डाको सेतो भाग ख्वाउने, छाला वा आँखामा परेको छ भने साबुन पानीले राम्रोसँग पखालिदिने ।
  • यस्तो कुनै लक्षण देखा पर्नेबित्तिकै भरसक चाँडो नजिकका पशुचिकित्सककहाँ सम्पर्क गरेर घरपालुवाको ज्यान बचाउन सकिन्छ ।

–डा. शरद सिंह यादव

drsharadyadav@rediffmail.com

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्